प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमले लगानी गरेको फर्ममा आगलागी, ९ लाखको क्षति
शरद रेग्मी,
प्रकाशित २०७५ साउन २ बुधबार
446
Shares
तुलसिपुर । प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमले लगानी गरेको तुलसिपुर स्थित शिबमाया बहुउद्देश्यीय कृषि फर्ममा बुधबार दिउँसो आगलागी भएको छ । बुधबार दिउँसो कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा प्लास्टिकबाट आगो सल्किएको फर्मका सञ्चालक भागवत कमलापुरिले जानकारी दिएका छन् ।
आगलागीबाट कम्पनीले उत्पाद गरेका नमकिन तथा चिप्सहरु पुर्णरुपमा जलेका छन् भने केही मेसिनमा समेत क्षति पुगेको छ । आगलागीबाट फर्ममा झन्डै ९ लाखको क्षति भएको सञ्चालक कमलापुरिले जानकारी दिए ।
शिवमाया कृषि फर्ममा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम र रिजमले समेत लगानी गरेको छ । तुलसिपुर ८ अश्वारामा रहेको कृषि फर्मले केही महिनादेखि विभिन्न परिकारका चिप्स तथा नमकिनहरु उत्पादन गर्दै आएको छ ।