रुकुम । रुकुमकोटबाट धौलापैरा गईरहेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिका–५, धार्पानीमा भएको जिप दुर्घटनामा ४ जनाको घटनास्थलमै र ३ जनाको अस्पतालमा मृत्यु भएको हो ।
लु १ ज २५७३ नम्बरको जिप दुर्घटना हुँदा रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–२, का २२ वर्षीय किरण पुन, १ का, ३५ वर्षीय कुमार पुन, ३३ वर्षीय बुद्धिराज पुन र पुथाउत्तरगंगा गाउँपालिका–१२, की तिर्सना तुलाचनको घटनास्थलमै मृत्यु भएको हो ।
पुथाउत्तरगंगा गाउँपालिका–१४, रुकुम पूर्वकी ३१ वर्षीया शालिनी बर्मा, बाँके कोहलपुरकी २२ वर्षीया ललिता परियार र भूमे गाउँपालिका–४, रुकुम पूर्वका जिल्ला २८ वर्षीय अर्जुन विकको अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको हो । दुर्घटनामा घाइते चार जनालाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।
रुकुम पश्चिम मुसीकोट नरपालिका–१२, का जिप चालक ५२ वर्षीय जयवीर कामी, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–११, की २५ वर्षीया प्रमिला बुढामगर, सोही गाउँपालिका २ का २७ वर्षी धनिराम पुन र २७ वर्षीया सम्झना पुन घाइते भएका छन् ।
जिप सडकबाट झण्डै ५ सय मिटर तल खसेको छ । टायरमा पसेको ढुङ्गाको कारण उफ्रिएको जिप नियन्त्रण हुन नसकेपछि दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।