डा केसीका माग पूरा गर्न नेकपा दबाबमा, राजपा पनि माग सम्बोधन गर्नुपर्ने पक्षमा
प्रकाशित २०७५ साउन ३ बिहिबार
492
Shares
काठमाडौँ । राष्ट्रिय जनता पार्टी राजपा नेपालले अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवन रक्षा र जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै चिकित्सा क्षेत्रमा सुधारका लागि विभिन्न माग राखी लामो समयदेखि आमरण अनशनरत डा केसीको जीवन रक्षाका लागि गम्भीर हुन सरकारलाई आग्रह गरेका हुन् ।
‘डा केसीका सबै विचारसँग सहमत हुन आवश्यक छैन तर जनताको बाँच्न पाउने अधिकार र सत्याग्रहको संस्कृतिको सम्मान सरकारको प्राथमिक उत्तरदायित्व हो’ विज्ञप्तिमा भनिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी र विवेकशील साझा पार्टी यसअघिदेखि नै आन्दोलित छन् । सत्ता समर्थक दल राजपा पनि जायज माग पूरा गर्नका लागि जीवनरक्षाको लागि अगाडि बढेपछि प्रमुख सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपालाई दबाब बढेको छ ।