अपहरण शैलीको विरोधमा जुम्ला अस्पतालमा डाक्टर र नागरिक समाजको प्रतिरोध
डा केसीसम्म आइपुग्ने सम्पूर्ण नाकाहरु विद्यार्थीहरुबाट मानव साङ्लो बनाएर सिलबन्दी
प्रकाशित २०७५ साउन ३ बिहिबार
490
Shares
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनसनरत डा गोविन्द केसीलाई अपरहण शैलीमा बल प्रयोग गरी काठमाडौं ल्याउन खोज्ने सरकारको रबैयाको चर्को विरोध भएको छ ।
प्रतिष्ठानमा चिकित्सक विद्यार्थीहरु र नागरिक समाजका प्रतिनिधिहरु बाक्लो रुपमा उपस्थित भई सरकारको रबैयाको विरोध गरेका हुन् ।
डा केसीलाई काठमाडौं ल्याउन हेलिकोप्टर जुम्ला पुगिसकेको छ । डा विशाद दाहालले डा केसीलाई जवरजस्ती ल्याउन खोजिएको भन्दै विरोध गरिएको जनाएका छन् ।