जुम्लामा प्रहरीले गोली चलायो, आफ्नै जवानको छाति छेड्यो
प्रकाशित २०७५ साउन ३ बिहिबार
269
Shares
जुम्ला । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडौं ल्याउन सरकारले सेनाको हेलिकोप्टर पठाएपछि तनाव भएको छ ।
डा. केसीलाई काठमाडौँ लैजान भन्दै सरकारी टोली पुगेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी र चिकित्सकले अवरोध गरे ।
अवरोधका क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै गोली समेत चलाएको छ । प्रहरीकै गोली लागेर एक प्रहरी घाइते भएका छन् । उनको छातीमा गोली लागेको छ । अस्पताल परिसरमा प्रहरीले अन्धाधुन्ध लाठी चार्ज र गोली प्रहार गरेको हो ।
गोली लागेर घाइते प्रहरीको जुम्लामै उपचार भइरहेको छ । प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु पनि घाइते भएका छन् ।
बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौं पठाउन सरकारले निर्देशन दिएपछि त्यसको समन्वय गर्न कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारी कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए । उनीहरु अस्पताल भित्र प्रवेश गरेपनि डा. केसीलाई भेट्न पाएनन्, र फर्किए ।