जुम्लाबाट ‘उठाएर’ ल्याईएका डा. केसीलाई त्रिवि शिक्षण अस्पताल लगिने
(ने क पा)को आकष्मिक बैठकको कमाल
प्रकाशित २०७५ साउन ३ बिहिबार
301
Shares
काठमाडौं । सरकारले डा. गोविन्द केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको छ । वुधबार राति आकस्मिक रुपमा बसेको सत्ताधारी (ने क पा)को बैठकको योजना अनुसार डा. केसीलाई बलजफ्ती काठमाडौं ल्याइएको हो ।
काठमाडौंं ल्याएपछि डा. केसीलाई सेनाको अस्पताल लैजाने भन्ने कुरा थियो । तर, शिक्षामन्त्रीले कुरा घुमाएका छन् ।
अहिले उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिने छ । विहिबार विहानै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. केसीलाई शिक्षण अस्पतालमा राख्ने कुरा गरेका थिए । यद्यपि, नेकपाको आकष्मिक बैठकमा भने सेनाको अस्पतालमा राख्ने कुरा भएको बताईन्छ ।
सेनाको अस्पताल राखे गलत सन्देश जाने र विरोध बढ्न सक्ने भन्दै शिक्षण अस्पताल लैजाने निधो गरिएको शिक्षामन्त्रीका सहयोगिहरुले बताएका छन्।
प्रहरी प्रशासनले स्थानीयमाथि नै लाठी र गोली प्रहार गरेपछि निकै दुःखी भएका डा. केसी काठमाडौ आउन तयार भएका हन् । उनको साथ विषद दाहाल थिए । उनलाई काठमाडौं ल्याउन सरकारले सेनाको हेलिकोप्टर बिहीबार बिहान काठमाडौंबाट जुम्ला पठाएको थियो ।