डा. केसीलाई बोकेको हेलिकोप्टर टुडिखेलमा अवतरण गराईयो, सेनाकै भ्यानमा अस्पताल
वीरमा राख्ने तयारी थियो, लगियाे त्रिवि शिक्षण अस्पताल
प्रकाशित २०७५ साउन ३ बिहिबार
264
Shares
काठमाडौं । डा. गोविन्द केसीलाई बोकेर जुम्लाबाट हिँडेको सैनिक हेलिकोप्टर काठमाडौंको टुँडिखेलमा अवतरण गराईएको छ ।
डा. केसीलाई दिउँसै ल्याई पुर्याईएको बताईएको थियो । तर, ढिलोगरी मात्रै सैनिक हेलिकोप्टर काठमाडौंमा अवतरण गरेको हो ।
हेलिकोप्टर अवतरण गरेपछि डा. केसीलाई सेनाकै भ्यानमा हालेर त्रिवि शिक्षण अस्पताल लगिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले समेत केसीलाई त्रिवि शिक्षण अस्पतालमै राखिने बताएका थिए ।
वीर अस्पतालमा सबै तयारी गरिएको भए पनि अन्तिममा त्रिवि शिक्षण अस्पताल लगिएको हो । वीरमा आईसीयु व्यवस्थापन समेत गरिएको थियो ।
सरकारको जबर्जस्ती काठमाडौं उतारिएका डा केसी त्रिवि शिक्षण अस्पताल बाहेक अन्यत्र जान नमानेको बताइएको छ ।
जुम्लामै वार्ता गर्ने अडानमा रहेका केसीलाई सरकारले बलजफ्ती सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएको हो । केसी २० दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत थिए ।