गोविन्द केसी बचाउ अभियान –माइतीघर मण्डलामा क्यान्डललाइट ऐक्यवद्धता
प्रकाशित २०७५ साउन ४ शुक्रबार
271
Shares
काठमाडौं। २१ दिनदेखि आमरण अनसनरत प्राडा गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै उनलाई बचाउने अभियानमा रहेकाहरुले माइतीघर मण्डलामा ‘विशाल क्यान्डललाइट सोलिडारिटी’ हुने भएको छ ।
शुक्रबार बेलुकी ७ बजे क्यान्डललाइट ऐक्यवद्धता हुने जनाइएको छ । प्राडा गोविन्द केसी बचाउ अभियानले केसीका माग पूरा गर्न पनि आग्रह गरेको छ ।
जुम्लामा अनसन बसेका डा केसीलाई अनसनको बीसौं दिन बिहिबार सरकारले जवरजस्ती काठमाडौं ल्याएको छ । डा केसीलाई अहिले शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । उनी पहिले अनसन बस्दै आएको कोठामै अनसनरत छन् ।
उनले नेकपा नेतृत्वको सरकारले बल प्रयोग गरी अस्पताललाई युद्धभूमि बनाएर अपहरण शैलीमा काठमाडौं ल्याउँदा गरिएको ज्यादतीको घोर भत्सर्ना गरेका छन्।
उनले केपी शर्मा ओली नेतृत्वको सरकारले अमानवीय रूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत गरिएको गरिएको कार्यको भत्सर्ना गरेका हुन्।
त्रिवि शिक्षण अस्पतालमा ल्याइएपछि सहयोगी मार्फत सार्वजनिक गरिएको प्रेस विज्ञप्तीमा केसीले अहिलेसम्मको ऐक्यवद्धताको लागि सार्वजनिक रुपमा धन्यवाद दिदै थप ऐक्यवद्धताको लागि अपिल समेत गरेका छन्।