काठमाडौं। सरकार सन्चालनको जिम्मा नेपाली जनताले पूर्ण बहुमत साथ वर्तमान सरकारलाई दिएका छन् । शायद यो भन्दा ठूलो बहुमत कहिले थिएन । तसर्थ प्रतिपक्षी पार्टीले भन्यो हामी गुण र दोषको आधारमा सरकारको समर्थन र विरोध गर्नेछौं ।
सरकारले पहिलो कामको सुरुवात सिन्डिकेट हटाउने अभियानबाट सुरुवात गर्यो , बैंक खाता रोक्ने देखी थुनछेक र खारेज गर्ने निर्णय समेत गर्यो । जनताको समेत समर्थन पाएको निर्णयलाई बिटाका बिटा रुपियाँ उठाएर दोवाटोमा अलपत्र पारेर छोडिदियो ।
सरकारले ठेक्का लिएर काम नगर्ने ठेकेदारका कुरा उठायो, दुईचार दिन नाटक मञ्चन भयो, नेताहरु मुनाफाखोरहरुको घरमा भात खान पुगे, यातायात मन्त्रीले संरक्षण गरे गृहमन्त्री पछी हटे ।
प्रधानमन्त्री विदेश भ्रमणमा ध्वजावाहक विमानमा गएनन्, निजी विमानको प्रयोग गरे। राष्ट्रको सम्पतीलाई आफ्नो मान्न सकेनन्। विमान खरिद गर्दा अरबौं भ्रष्टचार भयो भनी सञ्चार माध्यमले जनसमक्ष ल्याए तर सरकार मौन ।
ईतिहासकै शक्तिशाली प्रधानमन्त्री चीन गए तर पारवहन सन्धि र लिपुलेक को कुरै भएन । जुन मुद्दामा निर्वाचन लडियो, जनताले विश्वास गरे । न अरुणमा नेपालीको पहुँच पुग्यो । राष्ट्रवाद सत्तासंग जोडियो ।
सिङ्गापुरमा ट्रम्प र किमलाई सिंगापुरका नेपाली सेनाले सुरक्षा दिए भनेर ढोल पिटियो तर मोदिको सुरक्षाका नाममा भारतीय सेनाले नेपाली भूमीमा परेड खेल्दा राष्ट्रवाद मौन बस्यो।
नेपाली युवा युवती विदेशमा छन् जसको पसिनाबाट नेपाल चलेको छ । बिछोडिएको परिवारले ईन्टरनेटको पहुँचले लाईभ कुराकानी गर्दै आफ्नो सन्तानसंग मायाको तिर्खा मेटाएका छन् । सरकारले त्यहि मायामा पनि आँखा लगाएको छ। त्यसैमा शुल्क बढाएको छ।
प्रतिपक्ष पनि मौनधारण गर्दछ । नेपाली सन्चार माध्यमले भन्दछ “ प्रतिपक्ष स्लिपिङ्ग पिल्स खाएर सुतेको छ।" यस अवस्थामा सरकारले शिक्षा र स्वाथ्य सेवालाई गैर नाफामूलक बनाउँदै जनताको सहज पहुँचमा पुर्याउन डा केसीका घेरै कुरालाई आधार मान्न छोडेर मेडिकल माफियाहरुसँग अङ्कमाल गर्दै जुम्लावासीलाई लाठी हान्न सुहाउँदछ?
जुन प्रधानमन्त्रीले आफ्नो जीवनको महत्वपूर्ण समय कठोर पूर्ण यातनामा बिताउदै राष्ट्र बनाउने सपना देख्यो त्यसैको नेतृत्वमा वनेको सरकारलाई पाचँ महिनामा नवित्दै यती घेरै प्रश्नहरु उठ्न हुन्छ? यी सबै मुद्दामा प्रतिपक्षको भूमिका के हुनु पर्ला ? यस समयमा यस्ता मुद्दाहरुमा वर्तमानमा नयाँ पहिचान बोकेका नेपाल कम्युनिस्ट पार्टीका साथीहरुको भनाई के छ ?