सिरहा । डा. गोविन्द केसीको समर्थनमा तराईमा प्रदर्शन गरिएको छ। सिरहाको लहानमा नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति सिरहाले बृहत् प्रदर्शन गरेका छन।
विद्यार्धीहरुले लहान बजार परिक्रमा गर्दै डा केसी माग पूरा गर, मेडिकल माफिया मुर्दाबाद, नेबिसंघ जिन्दावाद, प्रहरी दमन मुर्दाबाद, लगाइत प्ले कार्ड बोकेर नारा लगाएका थिए।
कार्यक्रममा नेबिसंघका केन्द्रीय सह महामन्त्री परमेश्वर साहले माग पुर नभए सडक अबरुद्ध पार्ने चेतावनी दिदै आन्दोलन नरोकिने बताए ।
कार्यक्रम नेबिसंघ सिरहाका सभापती मो मुस्ताक लगायत सयौं बिद्यार्थीहरुको सहभागिता रहेको थियो।