उनले भने, ‘हामी हाम्रा छोरी–चेलीहरुलाई पढ्न पठाउछौं तर उसले आफुलाई त्यहाँ नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन त्यसैले यहि पढ्न पाउनु पर्छ भन्दा हामी नै प्ले कार्ड लिएर बाहिर निस्कन्छौं ।
यसअघि बिएन्डसी सञ्चालक दुर्गा प्रसाईँले पनि यस्तै किसिमको अभिव्यक्ति दिएको कारण विवाद सिर्जना भएको अवस्थामा कानुनमन्त्रीबाट यस्तो अभिव्यक्ति आएको हो ।
चिकित्सा शिक्षा ऐन विधयेक संशोधनको माग गर्दै अनसन बसेका प्राडा गोविन्द केसीलाई लक्षित गर्दै उनले सो अनसन बस्नुको कुनै अर्थ नरहेको बताएका हुन् ।
यसअघि नेपाली मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले शुक्रबार विज्ञप्ती जारी गरि बिएन्डसी सञ्चालक दुर्गा प्रसाईँले तथ्यहीन कुराहरु बोलेको भन्दै कारबाही गर्न सरकारसमक्ष माग गरेको थियो ।
एशोसिएशनले यस प्रकारको अभिव्यक्तिले बंगलादेशमा अध्ययनरत हजारौं चेलीहरुलाई चोट परेको र वास्तविकता नबुझि मनगढन्ते तरिकाले आएका प्रसाईँका अभिव्यक्ति प्रति आपत्ति प्रटक गरेको थियो ।