arrow

बंगलादेशमा डाक्टरको सर्टिफिकेट पाउन नेपाली छात्राले अस्मिता बेच्नुपर्छ – कानुनमन्त्री तामाङ

logo
प्रकाशित २०७५ साउन ६ आइतबार
mantri1.JPG

काठमाडौं । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा पढ्न जाने नेपाली चेलीहरुले आफ्नो अस्मिता बेच्ने गरेको विवादास्पद अभिव्यक्ति दिएका छन् । शनिबार एक कार्यक्रममा बोल्दै मन्त्री तामाङले भने, “सर्टिफिकेट पाउनका लागि नेपाली चेलीहरुले काहिँ न काहिँ आफूलाई बेच्नैपर्छ ।”

उनले भने, ‘हामी हाम्रा छोरी–चेलीहरुलाई पढ्न पठाउछौं तर उसले आफुलाई त्यहाँ नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन त्यसैले यहि पढ्न पाउनु पर्छ भन्दा हामी नै प्ले कार्ड लिएर बाहिर निस्कन्छौं ।   

यसअघि बिएन्डसी सञ्चालक दुर्गा प्रसाईँले पनि यस्तै किसिमको अभिव्यक्ति दिएको कारण विवाद सिर्जना भएको अवस्थामा कानुनमन्त्रीबाट यस्तो अभिव्यक्ति आएको हो ।

चिकित्सा शिक्षा ऐन विधयेक संशोधनको माग गर्दै अनसन बसेका प्राडा गोविन्द केसीलाई लक्षित गर्दै उनले सो अनसन बस्नुको कुनै अर्थ नरहेको बताएका हुन् ।

यसअघि नेपाली मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले शुक्रबार विज्ञप्ती जारी गरि बिएन्डसी सञ्चालक दुर्गा प्रसाईँले तथ्यहीन कुराहरु बोलेको भन्दै कारबाही गर्न सरकारसमक्ष माग गरेको  थियो ।

एशोसिएशनले यस प्रकारको अभिव्यक्तिले बंगलादेशमा अध्ययनरत हजारौं चेलीहरुलाई चोट परेको र वास्तविकता नबुझि मनगढन्ते तरिकाले आएका प्रसाईँका अभिव्यक्ति प्रति आपत्ति प्रटक गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ