बझाङ । सेती नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् । खप्तड छान्ना गाँउपालिका वडा नम्बर २ बस्ने २८ बर्षिया राजेन्द्र जोशीले आईतबार दिउसो तमैल बजार नजीकै रहेको झोलुङ्गे पुलबाट हाम फालेर बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका छन् ।
तमैल बजार बाट घर जाने क्रममा जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा पर्ने तमैल बजारको झोलुङ्गे पुल बाट हाम फाली बेपत्ता भएका युवकको प्रहरी र स्थानीयले खोजी कार्यगरी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । बेपत्ता जोशिको मानशिक सन्तुलन ठिक नभएको बुझीएको छ ।
शनिबार बेलुका सेती नदीमा नै नुहाउने क्रममा बगेर जयपृथ्वी नगरपालीका वडा नम्बर ३ सुस्मिता ओली समेत बेपत्ता हुनु भएको छ । उहाँको खोजी कार्य पनी जारी छ । यस्तै शनिबार दिउसो १२ बजेको समयमा खप्तड छान्ना गाँउपालिका वडा नम्बर ६ को बयानामा सुख्खा पहिरो जाँदा एकै परिवार ३ जना सहित ४ जनाको घटना स्थलमा नै मृत्यु भएको थियो ।