arrow

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम विधान (पूर्णपाठ) 

एकता महाधिवेशन २०७७ जेठ ३ भित्र, ओलीलाई बलियो बनायो 

logo
प्रकाशित २०७५ साउन ७ सोमबार
ncp-bidhan.JPG

काठमाडौं। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम विधान तयार भएको छ। विधानअनुसार नेकपाको एकता महाधिवेशन २०७७ जेठ ३ गतेभित्र गरिने छ। 

नेकपामा तत्कालका लागि ८ वटा संरचना रहने छ। त्यसअनुसार  एकता एकताको राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्,  केन्द्रीय सल्लाहकार परिषद्, र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च  रहने छन्। नेकपाले अहिले ३२ वटा विभाग बनाएको छ । विधानअनुसार २०७५ कात्तिकभित्र तल्लो तहसम्म पार्टी एकीकरण भइसक्नु पर्नेछ।

ओलीलाई बलियो बनायो 
विधानले प्रधानमन्त्रीसहित संसदीय दलका नेतासमेत रहेका केपी शर्मा ओलीले पार्टीका आन्तरिक बैठक र भेला तथा सभाका लागि पनि समान हैसियतमा अध्यक्षता गर्ने व्यवस्था पारित गरेको छ। यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीले आलोपालो पार्टीका सभा बैठकमा अध्यक्षता गरिने बताइएको थियो। पार्टी एकीकरणपछि पनि ओली शक्ति सर्वोच्चता कायम गर्न सफल भएका हुन्।

नेकपाले सोमबार पारित गरेको विधान र नियमावलीको पूर्णपाठ यस्तो छ –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ