arrow

४० वर्षपछि आफु अध्ययन गरेको क्याम्पस पुगि सभामुखले सुनाए बिगत

logo
प्रकाशित २०७५ साउन ८ मंगलबार
nepalgunj.jpg

नेपालगञ्ज ।  संघीयसभाका सभामुख कृष्णबहादुर महराले ४० वर्षपछि आफु अध्ययन गरेको महेन्द्र बहुमुखी क्याम्पस पुगि बिगत सुनाएका छन् । सोही क्याम्पसमा ४० वर्षअघि आइएस्सीमा अध्ययन गरेका सभामुख महराले आफ्नो विद्यार्थी जीवनको भोगाइका स्मरणीय पलहरु  सुनाएका हुन्  ।

क्याम्पसको हातामा नयाँ निर्माण हुने क्याम्पस भवनको मंगलबार शिलान्यास गर्दै उनले भने, “अब मुलुक बनाउन सरकार र सबै राजनीतिक दलको गतिशीलता देखिनु जरुरी छ ।”

सभामुख महराको थप भनाइ थियो, “मुलुक बनाउन अहिले पनि थुप्रै चुनौती छन्, तर सामूहिक संकल्प गरेर अघि बढियो भने सफलता अवश्य पाइन्छ ।” उनले संघीयताको कार्यान्वयन मुख्य प्राथमिकतामा राखेर सरकार गतिवान् हुनुपर्ने बताउँदै त्यसका लागि आवश्यक पर्ने कानून निर्माण संघीय सभाबाट भइरहेको छ भने ।

सभामुख महराले नेपालगञ्ज पश्चिम नेपालको शैक्षिक हब भएकाले यहाँको शैक्षिक विकासमा आफ्नो सबैखाले सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उक्त अवसरमा संघीयसभाका सांसदद्वय नन्दलाल रोकाय र महेश्वर गहतराजले क्याम्पसको पूर्वाधार र शैक्षिक विकासमा विद्यार्थीको अहम् भूमिका हुने बताए ।

कार्यक्रममा शिक्षाका विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका प्राध्यापक गोपालप्रसाद अधिकारी र मोहनजङ्ग शाहलाई महराले कदरपत्र प्रदान गरिएको थियो । एक वर्षभित्र निर्माण सक्ने गरी ३० कोठे नयाँ क्याम्पस भवनका लागि सरकारले ६ करोड ८९ लाख लागत खर्च अनुमान गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ