काठमाडौं। अहिलेसम्मकै सबैभन्दा लामो समयसम्म देखिएको चन्द्रग्रहण दुनियाँको अधिकांश भागमा देखिएको छ। उत्तर अमेरिकालाई छाडेर सबै भागमा चन्द्रग्रहण देखिएको हो। यो चन्द्रग्रहण एक घण्टा ४३ मिनेट पूर्ण चन्द्रग्रहणका रुपमा रहेको थियो। यो शताब्दीको सबैभन्दा लामो पूर्णचन्द्रग्रहण राति देखिएको हो।
यो चन्द्रग्रहणलाई ‘ब्लड मुन’ पनि भनिन्छ। खगोलविद्हरुका अनुसार शुक्रबार राति चन्द्रमा आफ्नो कक्षमा पृथ्वी सबैभन्दा टाढा रह्यो। यसलाई लुनर एपोजी पनि भन्ने गरिन्छ। पृथ्वी र चन्द्रमाबीच सबैभन्दा लामो समय सन् १९१४ पछि पहिलो पटक ३ घण्टा ५५ मिनेटसम्म भएको थियो। त्यतिबेला १ घण्टा ४० मिनेट पूर्णचन्द्रग्रहण रहेको थियो । सबैभन्दा छोटो चन्द्रग्रहण सन् २०१५ को ४ अप्रिलमा जम्मा ४ मिनेट ४८ सेकेन्डको थियो। अब सन् २०२८ को डिसेम्बर ३१ मा अर्थात् न्यूइयर इभमा पूर्णचन्द्रग्रहण लाग्नेछ। सन् २०१९ मा भने दुई सूर्यग्रहण र एक चन्द्रग्रहण हुनेछ।