arrow

संसारमा ज्यान लिने रोग मध्ये हेपाटाइटिस आठौ ठुलो रोग

हेपाटाइटिस सी भन्दा १० गुणा र एड्स भन्दा १ सय गुणा बढी संक्रामक हेपाटाइटिस बी

logo
प्रकाशित २०७५ साउन १२ शनिबार
hepatites-dAY.png

काठमाडौं । बिश्व हेपाटाइटिस विरुद्धको दिवस, शनिबार  मनाइदैछ । यस वर्षको हेपाटाइटिस बिरुद्धको दिवसको नारा ‘टेष्ट ट्रिट हेपाटाइटिस’ भन्ने तय गरिएको छ । प्रत्येक बर्षको जुलाई १२ तारिखमा मनाइने यो दिवसले यसपाली यो रोगको समयमा पहिचान गरी तत्काल उपचार गर्न प्रेरित गरेको छ ।

यो दिवस सन् २००८ देखि हरेक वर्ष २८ जुलाईका दिन विश्व भर मनाउन थालिएको हो  । नेपालमा भने सन् २०१० को जुलाई २८ देखि मात्र मनाउन थालिएको हो । नेपालमा भाइरल हेपाटाइटिस कलेजो रोगको महत्वपूर्ण कारकको रूपमा देखिने गरेको छ भने अल्पकालिन हेपाटाइटिस तथा जन्डिसको प्रमुख कारण हेपाटाइटिस हो  ।

हेपाटाइटिस रोग एक किसिमको कलेजो सुन्निने रोग हो । यो रोग भाइरसद्वारा कलेजोमा सक्रमण हुने सरुवा रोगको रुपमा पहिचान गरिएको छ । कलेजोमा हुने हेपाटोट्रोपिक भाइरसको संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ ।

भाइरल हेपाटाइटिसलाई  ए, बी, सी, डी र इ लाई पनि दुई समूहमा बाँड्न सकिन्छ । पहिलो समूहमा ‘ए र इ’ बिरामीको दिसाबाट प्रदुषित पानी तथा खानेकुराबाट सर्छन् र कलेजोमा असर गरेपनि दीर्घकालिन असर भने गर्दैनन् ।

हेपाटाइटिस ए बढी मात्रामा बालबालिकामा देखिन्छ भने हेपाटाइटिस इ चाँही वयस्क र विशेष गरी गर्भवति महिलामा बढी असर गरेको देखिन्छ । संसारमा हेपाटाइटिस ए विरुद्धको खोप बनिसकेको छ भने हेपाटाइटिस इ विरुद्धको खोप अझै बनिसकेको छैन् । बिशेषगरी  बालबालिकाले संक्रमित दिशा भएको पानी या खानेकुरा खाएमा यो भाइरसको संक्रमण हुने सम्भावना बढी हुन्छ ।

 अर्को समूहमा बी, सी र डी पर्दछन् । यो रगत, रगतजन्य पदार्थ, सिरिन्ज, शारीरिक तरल पदार्थ, असुरक्षित शारीरिक सम्पर्क र आमाबाट बच्चामा सर्दछ । यो दीर्घकालिन प्रकृतिको पनि हुन्छ । हेपाटाइटिस बि र सी को लक्षण बषौसम्म पनि नदेखिन सक्छ ।   हेपाटाइटिस रोगहरूमा  शरीर दुख्ने, वाकवाक आउने, सामान्य ज्वरो आउने, थकान महसुस हुने, खाना नरुच्ने आँखा र छाला पहेँलो हुने (जण्डिस), पेट दुख्नुको साथै रुघा खोकीको जस्तो लक्षणहरु देखिन्छन् ।  

हेपाटाइटिस सि भन्दा  १० गुणा र एड्स भन्दा १ सय गुणा बढी संक्रामक भएकोले पनि हेपाटाइटिस बि लाई बढी खतरनाक मानिन्छ ।
 विश्वमा ३० करोड भन्दा बढी व्यक्ति हेपाटाइटिस  बि र सि बाट प्रभावित भएको बिश्व स्वास्थ्य संगठनले जनाएका् छ ।

 यीमध्ये १५ देखि ४० प्रतिशत मानिस कलेजो  सिरोसिस  वा   क्यान्सरबाट पीडित छन् भने धेरैको अकालमा मृत्यु भइरहेको छ । हेपाटाइटिस बि भाइरस मानव शरीरभित्र प्रवेश गरेपछि यसले आफनो उपस्थिति जनाउन वा लक्षण देखाउन चार हप्तादेखि छ महिनासम्म लाग्छ । प्रभावित बिरामी ९५ प्रतिशतभन्दा बढी आफैं निको भएर जान्छन् ।

हेपाटाइटिसबाट करिब २५ प्रतिशत गर्भवती महिलाको मृत्यु हुने गरेको छ  ।दश वर्ष भन्दा कम उमेरका बालकलाई हेपाटाइटिस बी सरेमा जन्मभर यो रोगका जीवाणु हुन सक्ने सम्भावना छ ।

आमाबाट बच्चामा सर्ने हेपाटाइटिस बि ९० प्रतिशत क्रोनिक हुन्छ, त्यसैले ९० प्रतिशत आजिवन रोगको सिकार हुन्छन् ।
 हेपाटाइटिसबाट हरेक वर्ष विश्वभर १५ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।  संसारमा ज्यान लिने रोग मध्ये  यो आठौ ठुलो रोग हो ।

नेपालमा अब हेपाटाइटिस ए को भ्याक्सिन पनि नेपाल सरकारले निशुल्क उपलब्ध गराउन जरुरी रहेको कलेजो बिशेषज्ञहरुको भनाई छ ।
सरकारले पोलियो खोपको कार्यक्रम सफलतापूर्वक चलाएजस्तै हेपाटाइटिस बी को सबै नेपालीलाई रक्त परीक्षण गरी खोप लगाउनु जरुरी छ । हेपाटाइटिस ए र इको महामारीबाट बच्न घर घरमा चर्पीको व्यवस्था, ढल निकास  र शुद्ध खानेपानीको व्यवस्था गर्नु जरुरी छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ