arrow

खाजा पकाउने क्रममा आगलागी हुँदा बालकको मृत्यु

logo
प्रकाशित २०७५ साउन १३ आइतबार
fire.jpeg

फलेवास । पर्वत जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारस्थित डिमुवाका एक बालकको खाजा पकाउने क्रममा आगालागी हुँदा ज्यान गएको छ । 

स्थानीयवासी लोकेन्द्रजंग लामिछानेका ११ वर्षीय छोरा एन्जलजंग लामिछानेको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको हो । 
चाउचाउ पकाउने क्रममा एक्कासि सल्किएको आगोले पोलिएर घाइते भएका लामिछानेको उपचारका क्रममा काठमाडौंको कीर्तिपुर हस्पिटलमा मृत्यु भएको हो । 

उनी नवजागृत उच्च मावि तिलाहारमा कक्षा ५ मा अध्ययनरत थिए । बिदाको समयमा घरमा बसेका उनी आफै खाजा बनाउने क्रममा यस्तो दुर्घटना भएको मोदी–६ का वडाध्यक्ष विमल लामिछानेले जानकारी दिए । 

उनको राजधानीमा दाहसंस्कार गरिएको छ । लामिछानेको निधनले सिंगो विद्यालय र गाउँसमेत शोकमग्न बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ