कृषि विश्वविद्यालयको भद्रगोल बुझ्न प्रचण्डलाई आग्रह
प्रकाशित २०७५ साउन १३ आइतबार
226
Shares
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का यूवा नेता ठाकुर गैरेले कृषि तथा बन विज्ञान विश्वविद्यालयको बारेमा साझा धारणा सार्वजनिक गर्नको लागि नेतृत्वलाई दबाब दिईरहेको बताएका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालमा कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुर चिवनका सम्पूर्ण प्राध्यापक एवम् क्रियाशील सम्पूर्ण विद्यार्थी संगठनहरुले पत्रकार सम्मेलन गरेर प्राध्यापक तथा विद्यार्थीहरुको २१ दिनदेखिको आन्दोलनलाई ऐक्यवद्धता जनाउदै गैरे यस्तो बताएका छन् ।
उनले भने,‘हाम्रो पार्टीले कृषि तथा बन विज्ञानका विषयमा उचित धारणा सार्वजनिक गर्नुपर्छ, कृषि तथा वबन विज्ञानका बारेमा हामीले पहिलेका वर्षमा पनि हामीले आन्दोलन गरेका थियौं, आज पनि उही समस्याहरु छन्, यसका बारेमा सरकार जिम्मेवार हुनुपर्छ ।’
त्यस्तै कार्यक्रममा लेखनाथ न्यौपानेले निजि क्षेत्रमा भईरहेको लगानीलाई दलाल पूजीको संज्ञा दिएका छन् ।
नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावमा जारि गरेको घोषणा पत्रको स्मरण गराउँदै मुलुककै एक मात्रै प्राविधिक कृषि तथा बन विश्वविद्यालयको भद्रगोली स्थितिलाई बुझ्न आग्रह गरेका छन् । उनले भने,‘चितवनमा रहेको कृषि तथा बन विज्ञान विश्वविद्यालयको स्थापना कुन उद्देश्यमा रहेर गरिएको थियो ? आज त्यसको स्थिति के छ ? चुनावमा अध्यक्ष ज्युउले जारी गर्नु भएको घोषणा पत्रमा के समावेश थियो ? त्यसका बारेमा स्मरण गर्न आग्रह गर्दछु, हाम्रो संविधान समाजवादी मार्गतर्फ उन्मुख भएका कारण निजि क्षेत्रलाई प्रसय दिनु संविधानको भावना विपरित हुन्छ भन्ने कुरा नेकपाको नेतृत्वले बेलैमा जान्नुपर्छ ।’
उनले भने, ‘आजको दिनमा स्वास्थ्य क्षेत्रमा जुन किसिमको बहस भईरहेको छ, भोलिका दिनमा कृषि तथा बन विज्ञान विश्वविद्यालयका बारेमा पनि उठ्ने छन्, पछिल्लो समयमा स्वास्थ्य तथा शिक्षा, कृषि तथा बन विज्ञान विश्वविद्यालयलाई निजिकरण गर्ने काम भईरहेको छ, निजि क्षेत्रको लगानी भनेको दलाल पूजी हो, कम्पनि ऐन अन्तरगत दर्ता भएका र हुने निजि कलेजहरुबाट संविधानमा उल्लेखित कानून अनुसार शिक्षा मौलिक हक हुन सक्दैन, सरकारले कृषि तथा बन विज्ञान विश्वविद्यालयमा जारी आन्दोलनका बारेमा गम्भिर बन्न आग्रह गर्दछु ।’
उनले अघि थपे,‘वर्तमान समयमा विद्यार्थीहरुले जारि राखेको आन्दोलनले उठाएका मागहरु कृषि क्षेत्रको हितमा छन्, कृषि तथा बन विज्ञान विश्वविद्यालय विषयगत विश्वविद्यालय हो, यसको क्षेत्राअधिकार फरक हुनुपर्छ, ल्याण्ड ग्राण्ट मोडेल विश्वविद्यालयले विश्वभरीको मान्यताले निजि क्षेत्रलाई सम्बन्धन दिएको पाईदैन, विषयभन्दा बाहिर गएर बिभिन्न विश्वविद्यालयले सम्बन्धन दिने काम गरिरहेका छन्, यो कृषि तथा बन विश्वविद्यालयको स्थापनाको म्यान्डेट बिपरित छ।’
कार्यक्रममा नेपाल राष्ट्रिय प्राध्यापक संगठन रामपुर चितवनका कोषाध्यक्ष होमनाथ गिरीले निजि कलेज र सरकारी ‘आंगिक कलेज’ स्थापना गर्न हाम्रो विश्वविद्यालयले फरक मापदण्ड बनाएको आरोप लगाएका छन् ।
गिरीकै कुरालाई सहमति जनाउँदै अर्को वक्ता उदित प्रकाश सिग्देलले विश्वविद्यालयले निजि र आंगिक कलेज स्थापना गर्नको लागि फरक मापदण्ड तोकेको बताउँदै भने,‘निजिलाई २ विघा जमिन चाहिने र आंगिक कलेज खोल्दा ८ विघा जमिन चाहिने भनेको छ, कृषि जस्तो विषयलाई २ विघामा के गरेर पढाउने ? कुन खालको जनशक्ति उत्पादन गर्ने ? दुई विघामा कति खेतीका अभ्यास गर्न सकिन्छ ?
अखिल क्रान्तिकारी विश्वविद्यायल कमिटिका अध्यक्ष नगेन्द्र दाहालले शंक्षिक माफियाको चंगुलमा परेर पुरानो सहमिति विपरित विश्वविद्यालयका पदाधिकारीहरुले चोरबाटोबाट निजि क्षेत्रलाई मनलाग्दी तरिकाले सम्बन्धन दिएको आरोप लगाएका छन् ।
कृषि तथा बन विज्ञान विश्वविद्यालयमा भईरहेको राजनीतिकरण र मनपरितन्त्रको अन्त्यसँगै यसवर्ष दिएको ८ वटा सम्बन्धन खारेजीको माग गर्दै विद्यार्थी नेताहरुले सरकारलाई ध्यानाकर्षण गरेका छन् ।
विश्वविद्यालय अन्तरगतका चितवन, मकवानपुर, कास्कि, सिन्धुली, धनकुटा, कैलालीमा रहेका कृषि तथा बन क्याम्पसहरुमा विगत २१ दिनदेखी शैक्षिक तथा पठपाठन कार्य रोकिएको छ ।