arrow

१८ थान अबैध काठ बरामद , काठ तस्करको गज्जबको तरिका

logo
प्रकाशित २०७५ साउन १३ आइतबार
kath3.jpg

पाल्पा ।  खोलाको पानीमा तैराएर तस्करी गर्न आटेको काठ रामपुरमा प्रहरीले बरामद गरेको छ । रामपुर नगरपालिका वार्ड नं ३ रजघरा स्थित निस्दी खोलाको बगर किनारमा शुक्रबार बेलुकी अबैध रुपमा खोलामा टुनीको चिरान काठ तस्करी गर्ने क्रममा बरामद गरेको हो ।

 बिल्कुलै नयाँ प्रकृया अपनाउदै खोलाको बहावसंगै बगाउंदै तस्करी गर्दै काठ लैजान लागेको सूचनाको  आधारमा प्रहरी चौकी केलादी र ईलाका प्रहरि कार्यालय रामपुरको प्रहरी टोलीले १८ थान चिरानको काठ बेबारिसे अबस्थामा खोला किनार र खोलामा बहाव संगै तैरिरहेको अबस्थामा फेला पारी  नियन्त्रणमा लिएर ईलाका बन कार्यालयमा बुझाएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताए ।

 काठ तस्करीमा सम्लग्न व्यक्ति फरार रहेकोले खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ