arrow

चट्याङले लियो बालिकाको ज्यान 

logo
प्रकाशित २०७५ साउन १४ सोमबार
lightning.jpg

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चट्याङ लागेर आइतबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१० बेहोराकी १२ वर्षीया दीपिका ज्ञवाली रहेकी छन् । 

चट्याङ लागेर घाइते दीपिकालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायब निरीक्षक युवराज पाण्डेले बताए ।

तिलोत्तमा नगरपालिका–१७ मा रहेको खेतमा आमासँग घाँस काट्न गएको बेलामा साँझ करीब ५ बजेतिर बालिकालाई चट्याङ लागेको थियो । 

तत्कालै उपचारका लागि अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै ज्यान गएको प्रहरी नायब निरीक्षक पाण्डेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ