arrow

जोशीलाई प्रधानन्यायाधीश नबनाउने नेकपाको निर्णय, भविष्य सुनुवाई समितिको हातमा 

logo
प्रकाशित २०७५ साउन १४ सोमबार
dipeek.JPG

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिको लागि सिफारिस गरेका दीपकराज जोशीको नाम अनुमोदन नगर्ने निर्णय गरेको छ ।

संसदीय सुनुवाई समितिको बैठकअघि आन्तरिक बैठक गरेर नेकपाका सांसदले जोशीलाई प्रधानन्यायाधीशका रुपमा अनुमोदन नगर्ने निर्णय गरेको नेकपाका एक सांसदले जानकारी दिए । नेकपाको संसदीय दलको कार्यालयमा यसबारे छलफल भएको हो ।

नेकपाले डाकेको बैठकमा पूर्व महान्याधिवक्ता हरि फुयाँल, अधिवक्ता टिकाराम भट्टराई, नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देब गुरुङसहित नेकपाबाट सुनुवाई समितिमा रहेका ९ सांसद सहभागि थिए । पूर्व महान्यायाधिवक्ता फूँयालले बैठक बसेकाे बताए पनि अन्य कुरा खाेलेनन् ।

संसदीय सुनुवाई समितिको बैठक बसिरहेका बेला नेकपाका सांसदले ‘यो पल्ट संसदीय सुनुवाई समितिले नयाँ रेकर्ड बनाउँने’ बताए । उनले भने अनुसार संसदीय सुनुवाई समितिमा नेकपाकै बहुमत छ, निरन्तरतामा क्रमभङ्ग हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ