arrow

आनन्दीमनले खीर खाऊँ, के छ यसको महत्व ? 

logo
प्रकाशित २०७५ साउन १५ मंगलबार
kheer.jpg

काठमाडौं । मंगलबार साउन १५ । अर्थात् खीर खाने दिन । असारमास खेतको रोपाई र खेतीपातीको व्यस्तताबाट छुटकारा मिलेपछि साउन १५ मा खीर खाने चलन रहेको छ । वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी र उर्जामय राख्न खीर खाने गरिएको विश्वास गरिन्छ ।  

अधिकांश नेपालीहरुले यस दिन खीर खाएर साउन १५ मनाउँछन् । 

के छ यसको महत्व ? 
खीरलाई पायस पनि भनिन्छ र तस्मै पनि भनिन्छ । खीरलाई ढकनी पनि भनिन्छ । यसलाई नेपाली समाजमा मीठो र पोषिलो खानेकुरामा लिइन्छ । 

नेपाली समाजमा धार्मिक र सांस्कृतिक रुपमा खीरको ज्यादै महत्व रहेको छ । पूजाअर्चना, श्राद्ध, विवाह, वर्तबन्ध लगायत कुनै पनि हिन्दू रीतितिथी मिल्दो संस्कार सम्पन्न गर्दा खीर चढ्ने गर्छ । 

दूध, चामल र चिनीसंगै मसलेदार सामग्री राखेर पकाएपछि तयार भएको परिकार नै खीर हो । खीरमा टाइचुनको चामलको प्रयोग अझ उत्तम मानिन्छ । जुम्ली मार्सीलाई पनि विशेष रुपले प्रयोग गर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ