arrow

दीपकराज जोशीको सुनुवाईमा मानवअधिकारको प्रश्न जोडिन्छ : पाठक

logo
प्रकाशित २०७५ साउन १५ मंगलबार
sudeep.JPG

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाईमा मानवअधिकारकाे प्रश्न जाेडिने बताएका छन् । 

सुनुवाईका क्रममा खोजिने कानुनी उपचारको प्रवाह नगरेर बाहिर चलेका हल्ला वा समाचारका भरमा संसदीय समिति प्रस्तुत हुनुले व्यक्तिको चरित्रहत्या हुन्छ र त्यहाँ मानवअधिकारको प्रश्न जोडिन्छ, पाठकले भने । उनले व्यक्ति सँधै तनावमुक्त हुनु पर्ने र सबै प्रक्रिया जस्टिफाई हुनुपर्ने बताएका छन् । अहिलेको सुनुवाई प्रक्रिया विलम्ब भएकोबारे प्रश्न उठाईएको छ । संसदीय सुनुवाई गएको विहिबारै सकिएको भए पनि निर्णय सुनाईएको छैन । 

पाठकले सुनुवाई समितिका सदस्यले सम्बन्धित व्यक्तिमाथि परेका उजुरीका आधारमा मात्रै प्रश्न गर्नुपर्ने र उजुरी बाहिरका प्रश्न उठाउनु गलत हो, समेत भनेका छन् । 

उजुरी परेका कुराहरु निरुपण गरेर टुंग्याउँदा न्यायालयमाथिको प्रहार रोकिन्छ, उनले भने, ‘संसदीय सुनुवाईबारे आएका कुराहरु हेर्दा मानवअधिकार कहाँनेर छ भनेर खोज्नुपर्ने हुन्छ । स्वतन्त्र न्यायपालिका नहुँदा प्रजातन्त्र र मानवअधिकारको अनुभूति हुँदैन । कल्पना गर्न सकिँदैन ।’

आयोगका सदस्य पाठकले संसदीय सुनुवाईका निर्णयमा विलम्ब हुनु राम्रो नभएको समेत बताएका छन् । पाठकले भनेका छन्,  ‘न्यायालयलाई स्वतन्त्र राख्ने प्रयास, लोकतन्त्रको रक्षा, अन्योल लामो समयसम्म राख्नु हुँदैन र अहिलेको सबै प्रक्रियामा विधि र पारदर्शीता हुनु पर्ने कुरामा उहाँहरु सचेत हुनहुन्छ होला भन्नेमा हामी विश्वस्त छौँ ।’  यस्तै उनले यो कुरामा संसदीय सुनुवाई समिति सदस्यहरु पनि ढुक्क हुनुपर्ने र प्रक्रियागत ढंगले काम गर्ने कुरामा जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ