arrow

सरकारको विरोधमा बारामा काँग्रेसको वृहत प्रदर्शन

logo
मुकेश यादव।
प्रकाशित २०७५ साउन १५ मंगलबार
bara-congress-birodh.jpg

बारा। नेपाली कांग्रेस बाराले मंगलबार कलैयामा सरकार विरुद्ध प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट निस्किएको बिरोध र्‍याली कलैया बजार परिक्रमा गरि कलैयाको भरत चौकमा पुगी सभामा परिणत भएको थियो ।

पार्टी सभापति जयचन्द्र चौरसियाको अध्यक्षतामा सम्पन्न बिरोध सभामा केन्द्रीय सदस्य राधेचन्द्र यादवले सरकार फासिवादी बाटोमा अघी बढेको बताए।

पूर्व सांसद मधु शाही ठकुरी, लालबाबु सिंह, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव, निजगढ नगरपालिकाका प्रमुख सुरेश खनाल, कलावती पासवान, चन्द्रशेखर यादव, कृष्णव्रत सिंह, प्रवेज आलम लगायतले सरकारको काम कारबाहीको चर्को बिरोध गरेका थिए।

प्रदर्शनका सहभागीहरुले एउटै पार्टीको सभामुख उपसभामुख राख्न पाईदैन, ६५ वर्षमा बृद्धा भता, मृगौला, स्पार्यनल ईन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भिर विरामीहरुलाई मासिक पाँच हजार भत्ता दिने निर्णयलाई कार्यान्वयन गर्नुपर्ने माग गरेका थिए।

सहभागीहरुले सरकारले महंगी नियन्त्रण नगरेको, जनतामारा कर लागू गरेको, केपी सरकारक पालमा हत्या बलात्कार बढेको बताए। 

ओली सरकार श्री ३ सरकार जस्तो भएको भन्दै सहभागीहरुले केपी ओली नेतृत्वको सरकारको विरोध गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ