arrow

सरकार विरुद्ध पाल्पा काँग्रेसको प्रदर्शन 

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ साउन १५ मंगलबार
palpa-congress-birodh.jpg

पाल्पा। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार देशैभर सरकारविरुद्ध प्रदर्शन गरेको छ। सरकार अधिनायकबादी बाटोमा अग्रसर भएको भन्दै त्यसलाई खबरदारी गर्न ७७ वटै जिल्लामा प्रदर्शन गरिएको हो।

पाल्पामा पनि नेपाली काँग्रेस जिल्ला कार्य समितिले विरोध प्रदर्शन गरेको हो। मखनटोलस्थित पार्टी कार्यालयबाट शुरु भएको विरोध र्‍याली तानसेन नगरपरिक्रमा गरी आन्दोलन चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित अगाडि बढेको बताए । सर्वसत्ताबाद, बढ्दो महंगी विरुद्ध र लोकतान्त्रिक पद्धतिको रक्षाका निम्ति काँग्रेस सडमा उत्रिएको सभापति रानाले बताए ।

प्रदेश सांसद समेत रहेका रानाले वर्तमान सरकार संविधान अनुरुप सञ्चालन नभएको बताएका छन् । उनले नेपाल कम्यूनिष्ट पार्टीको वहुमतको सरकार शक्ती पृथकीकरण विरुद्ध सञ्चालन भएको वताउदै नेपाली जनताले थेग्न नसक्ने गरी  दैनिक उपभोग्य वस्तुमा मूल्य र राजस्ववृद्धिको वाहानामा कर बढाएको आरोप लगाए ।

सभामा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य राजन प्रसाद पन्तले वर्तमान सरकारको आलोचना गर्दै सरकारको नेतृत्व गर्ने दल नै माफिया र तस्करको जालोमा फसेको बताउदै सरकारका मन्त्री, प्रधानमन्त्रीको कार्यशैलीनै अधिनायकवादी भएको बताए ।

विरोध सभामा पार्टीका जिल्ला सचिव अजयमान कर्मचार्य, पूर्व जिल्ला सचिव माधव नेपाल, महिला संघकी सभापती गंगा पौडेल, नेविसंघका केन्द्रीय सदस्य हरिवोल भट्टराई, तरुणदलका जिल्ला सभापती मेजरसि केसी लगायतका वक्ताहरुले सरकारले  हरेक क्षेत्रमा करको आतंक मच्चाएको तर मूल्यवृद्धीप्रति गम्भीर नभएको, नागरिक अधिकार तथा स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्न थालेको, बाढीपहिरो पीडितका आवश्यकता र समस्याप्रति सरकार उदासीन रहेको आरोप लगाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ