arrow

प्रदेश ७ का काँग्रेस नेता कृष्ण जोशीको निधन

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
krishna-kumar-joshi-death.jpg

काठमाडौं। नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवम पूर्व सांसद कृष्ण कुमार जोशीको मंगलवार निधन भएको छ। 

जोशीको बुधवार अन्तिम संस्कार पशुपति आर्यघाटमा हुने छ। अन्तिम संस्कारका लागि पशुपति लानु अघी जोशीको पार्थिव शरीरलाई नेपाली काँग्रेस पार्टी कार्यालयमा विहान १० वजेदेखि राखिने भएको वैतडीका काँग्रेस नेता जनक भट्टले जानकारी दिए। 

नेपाली काँग्रेसमा रहि लोकतान्त्रिक आन्दोलनसँगै निष्ठाको राजनीतिमा सक्रिय रहेका जोशी पश्चिम नेपालमा श्रद्धाका साथ लिइने नाम हो। 

२००२ साल जेठ ९ गते सलेना बैतडीमा जन्मिएका जोशी नेपाली काँग्रेस वैतडीको संस्थापक सभापति थिए। त्यसयता उनी  पटक पटक जिल्ला सभापति भए भने २०४४ सालमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य भएका थिए।  

लोकतान्त्रिक आन्दोलनमा क्रममा जोशीले ३ बर्ष ६ महिना जेल जीवन समेत विताएका थिए। प्रजातन्त्र पुनर्स्थापना भएपछि भएको पहिलो निर्वाचनमा जोशी तत्कालीन बैतडी क्षेत्र नम्बर १ प्रतिनिधी सभा निर्वाचित भएका थिए। 

राजनीतिमा लाग्नु अघी शिक्षक रहेका जोशीले तत्कालिन राज्यसत्ताको स्तुती गाएर बसेनन् बरु बहुदलीय प्रजातन्त्र र समाजबादको पाठ सिकाएको स्मरण गर्छन काँग्रेस नेता रमेश लेखक। सरकारी जागिर र पद छोडेर संघर्ष र बलिदानको लागी  तयार हुने बाचा सहित जोशी जेल जान तयार भएका थिए। 

देश र प्रजातन्त्रका लागी अनवरत संघर्स गरेका योद्धाको स्वर्गारोहणको खबरले दुखी भएको काँग्रेस नेताहरुले जनाएका छन्। काँग्रेस नेता दिलेन्द्र बडु, एनपी सावद र रमेश लेखकले जोशीको निधनमा दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै काँग्रेस नेताहरुले जोशीको शोक सन्तप्त परिवारजनमा समबेदना व्यक्त गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ