arrow

काँग्रेसको झण्डा ३ दिनसम्म आधा झुकाइने

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
congress-office.jpg.gif

काठमाडौं। नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद कृष्णकुमार जोशीको निधनमा नेपाली काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको छ।

वैठकले जोशीको सम्मानमा साउन १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउनुका साथै साउन १७ गते बिहीबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय समेत गरेको छ। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद कृष्णकुमार जोशीको निधनप्रति गहिरो दुःख समेत व्यक्त गरेको छ। 

नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद एवं नेपाली काँग्रेस जिल्ला कार्यसमिति बैतडीका संस्थापक जिल्ला सभापति जोशीको निधनबाट नेपाली कांग्रेस पार्टी स्तब्ध र मर्माहत भएको पार्टीको शोक निर्णयमा भनिएको छ। 

स्वर्गीय जोशीले नेपाली काँग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहि रहने पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ