यात्रु चढी नसक्दै बस चलाउँदा लडेका दुर्गा गन्धर्वको किचिएर मृत्यु
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ साउन १६ बुधबार
720
Shares
पाल्पा। पूर्वखोला गाउँपालिका ५ विरकोटमा बसले किच्दा एक जनाको मृत्यु भएको छ।
बुधबार पाल्पाको रामपुरबाट तानसेन तर्फ आउदै गरेको लु १ ख ७१५० नम्वरको बसमा चढ्ने क्रममा रम्भा गाउँपालिका ५ ताहुँका ६२ वर्षीय दुर्गा गन्धर्भको ढोकाबाट खस्दा टायरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत विनोद घिमिरेले जानकारी दिए ।
बसले किचिएर गम्भिर घाइते भएका गन्धर्वको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार गर्दागदै मृत्यु भएको घिमिरेले जानकारी दिए।
चालक र गाडी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
बस चढ्नै नपाइ चालकले लापर्वाही गरेर हतारमा बस चलाउँदा जेष्ठ नागरिक भइसकेका गन्धर्व अल्झिएर लडेको बसमा सवारहरुले जानकारी दिएका छन्।