arrow

सरकार विरुद्ध बागलुङमा पनि काँग्रेसको विरोध प्रर्दशन

logo
नारायण रिजाल,
प्रकाशित २०७५ साउन १६ बुधबार
baglung-congress-rally.jpg

बागलुङ। सरकार विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बागलुङमा पनि विरोध प्रदर्शन गरेको छ । सरकार अधिनायकबादी बाटोमा अग्रसर भएको भन्दै त्यसलाई खबरदारी गर्न बागलुङमा पनि प्रदर्शन गरिएको थियो ।

सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित हिंडेको ठहर गरेर देशव्यापी रुपमा विरोधका कार्यक्रम राखिएको काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले बताए ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस गण्डकी प्रदेशका मुख्य सचेतक मणिभद्र शर्मा कंडेलले सरकारले संविधान मिचेर अनेक गतिविधि गरेको भन्दै यसको भण्डाफोरका लागी काँग्रेस सडकमा आएको बताए । उनले सरकारले सबैंधानिक अंगमा हस्तक्षेप, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन, संसदमा सभामुख र उपसभामुख एकै दलको बनाएर दुई तिहाईको दम्ब देखाएको हुँदा काँग्रेस प्रर्दशनमा उत्रिएको बताए । 

काँग्रेसले सर्वसत्ताबाद, बढ्दो महंगी विरुद्ध र लोकतान्त्रिक पद्धतिको रक्षाको निम्ति सडक आन्दोलन थालेको बताएको छ । हजारौंको संख्यामा कार्यकर्ताहरुले सरकार विरोधी नारा लागाउँदै प्रदर्शन गरेका थिए।

कार्यक्रममा तरुण दल, महिला संघ, विद्यार्थी संघ र अन्य भातृ एवं सुवेक्षुक संस्थाका नेता एवं कार्यकर्ताहरुको सहभागि रहेको थियो ।

काँग्रेसले आन्दोलनका लागी १० मुद्धा र तीन आरोप अगाडि सारेको छ। विरोध पछिको कार्यक्रममा पूर्व सांसद तथा पूर्व पार्टी सभापति प्रकाश शर्मा पौडेल, बागलुङका सभापति दिपेन्द्र बहादुर थापा, सचिव नवराज पौडेल, नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री हरिहर शर्मा, महिला संघ बागलुङकी अध्यक्ष सकुन्तला शर्मा लगायतले सरकारको गतिविधिप्रति काँग्रेसको गम्भिर आपत्ती रहेको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ