arrow

छोरालाई आफैले वगाउँदै गरेको तस्विरमा भावुक भए सदा

उत्कृष्ट तस्विरहरुको प्रदर्शनी शुरु

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
Nepal_Photo_Contest_Photo_Exhibition_Opening_Ceremony12.jpg

काठमाडौं। फोटो पत्रकार क्लब पिजे क्लबद्वारा आयोजित आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी काठमाडौंको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ। नेपाल आर्ट काउन्सिल, बबरमहलमा बुधबारदेखि सुरु भएको फोटो प्रर्दशनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे । प्रदर्शनी १६ गते बुधबारबाट २१ गते सोमबारसम्म जम्मा ६ दिन चल्नेछ । 
  
फोटो प्रदर्शनीमा #experienceNepal कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम एक्सन स्पोर्टस र नेप्टोसफोटो स्टोरी गरि सात विधाका उकृष्ट १६० फोटोहरु प्रर्दशनीमा रहेको फोटो पत्रकार क्लब नेपालका अध्यक्ष विकास कार्कीले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री अधिकारीले सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहने बताए। उनले भने, ‘नेपाल पर्यटकीय देश हो । यहाँका मठमन्दिर, मस्जिद, सम्पदा, प्राकृतिक सुन्दरताको पहिचान गरेर फोटोमार्फत विश्वमा प्रचारप्रसार गर्न सकिनेछ ।’

मन्त्री अधिकारीले फोटो पत्रकारलाई अहिले विकास भइरहेको प्रविधि र सोसल मिडियाले चुनौती बढाएको उल्लेख गर्दै फोटोपत्रकारले आफूलाई पनि उत्कृष्ट सावित गर्दै राम्रा फोटो खिच्न सुझाव दिए। मन्त्री अधिकारीले भिजिट नेपाल २०२० लाई सफल बनाउन र नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन पिजे क्लबसँग सहकार्य गर्ने बताए। उनले भने, ‘भिजिट नेपाल २०२० मा लिउको लक्ष्य पुरा गर्न हामीले पिजे क्लबसँग सहकार्य गर्न तयार छौं । उहाँहरुले खिचेका तस्बिर मार्फत हामी नेपालको प्रचारप्रसार गर्छौं ।’

उद्घाटन कार्यक्रममा ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालमा पर्यटकीय गन्तव्य धेरै भएकोले फोटो पत्रकारहरुले फोटो मार्फत पर्यटन प्रबद्र्धन गर्न आग्रह गरे। अध्यक्ष ढकालले पिजे क्लवसँगको सहकार्यलाई निरन्तरता दिइने प्रतिवद्धता दोहोर्‍याए। उनले भने, ‘फोटो प्रतियोगितामा हामी विगत केही वर्षदेखि साथै छौं । आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहने विश्वास राखेको छु ।’

कार्यक्रममा क्लबका अध्यक्ष एवं कार्यक्रमका सभापति विकास कार्कीले फोटो प्रतियोगिता अबदेखि निरन्तर हुने बताए । उहाँले नेपालमा मात्रै नभइ दक्षिण एसियालाई नै समेट्नेगरी ‘साउथ एसिया प्रेस फोटो कन्टेष्ट’ कार्यक्रमको आयोजना गर्ने तयारीमा क्लब रहेको बताए। उनले भने, ‘यसखालको ठूलो प्रतियोगिता गर्न हामीलाई धेरै बजेट आवश्यकता पर्छ । यसको लागि सरकारले सहयोग गर्न सक्छ।’

उनले दक्षिण एसियालाई समेटेर गरिने प्रतियोगिताले नेपालको ब्रान्डिङ हुने बताउनुभयो । उहाँले जसरी नेदरल्यान्डमा विश्वभरका फोटोसमेटेर ’वल्र्ड प्रेस फोटो’ प्रतियोगिता गराएर नेदरल्यान्डको प्रचार गरिन्छ, नेपालमा पनि दक्षिण एसियालाई समेटेर फोटो प्रतियोगिता गर्दा नेपालको प्रबद्र्धन हुने बताए।

यसैगरी कार्यक्रममा फोटो अफ दि इयर विजेता नरेन्द्र श्रेष्ठले ७० हजार रुपैयाँ फुदन सदालाई हस्तान्तरण गरे । फुदन सदा नरेन्द्र श्रेष्ठले खिचेको तस्बिरमा देखिएका मृतक कमल सदाका बुबा हुन् । सदाले आफू पाएको रकमले ४ कट्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्ने बताए। उनले भने, ‘मैले रकम पाएको छु । छोरा बितेर गइगयो । अब यो पैसाले म जमिन भाडामा लिएर तरकारी खेती गर्छु । जसले जीवन धान्न सजिलो होला भन्ने आशा लिएको छु ।’ छोराको मृत्यु भएपछि गाड्ने जमिन पनि नपाएर शब वगाउँदै गरेको आफ्नो तस्विरलाई छुँदै गरेका सदा कार्यक्रममा निकै भावुक देखिए। उनको भावुकतामा अथितिहरु पनि भावुक देखिए।

उनले कार्यक्रममा आफ्नो नाममा जग्गा नै नभएको बताए। श्रेष्ठको फोटो अफ दि इयर बन्न तस्बिरले १ लाख रुपैयाँ जित्न सफल भएको थियो । ७० हजार सदा परिवारलाई बाँकी ३० हजार केहीसमय अघि निधन भएका पत्रकार यादव थापाको परिवारलाई हस्तान्तरण गरे। यस्तै कार्यक्रममा अग्रज फोटो पत्रकारहरुलाई सम्मान तथा प्रतियोगिताको निर्णायक मण्डललाई टोकन अफ लभ दिइएको थियो।

नेपाल फोटो प्रतियोगिता २०७५ मा समावेश  सात विधाअन्तर्गत ‘आइएमएस डेली लाईफ’ मा १ हजार १ सय ५३, #experienceNepa कल्चर तथा टुरिजम’ मा १ हजार ५७, ‘नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ’ मा १ हजार १८, ‘अर्घाखाची सिमेन्ट न्यूज फोटो’ मा ४ सय १६, ‘डिसहोम एक्शन स्पोर्टस’ मा ३ सय ६२, ‘शिखर इन्स्योरेन्स नेपाल स्माईल’ मा १ हजार १०  र  ‘नेप्टोस फोटो स्टोरी’ मा ५२ वटा फोटोकथाको ५ सय २० फोटोले  प्रतिस्पर्धा गरेका थिए।   

वल्र्डं प्रेस फोटोका निर्णायक मण्डलका सदस्य रहिसकेका भारतका वरिष्ठ फोटोपत्रकार पाब्लो बारथोलोमिओको अध्यक्षता रहेको निर्णायक मण्डलमा बरिष्ठ पत्रकार तथा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधान, बरिष्ठ फोटोपत्रकार एवम् क्लबका संस्थापक अध्यक्ष तथा सदृश्य डटकमका फोटो सम्पादक चन्द्रशेखर कार्की, बरिष्ठ फोटोग्राफर मणी लामा, काठमाण्डौ विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस एएफपीका फोटोपत्रकार एवम् क्लबका निर्बतमान अध्यक्ष प्रकास माथेमा रहेका थिए। 

काठमाडौंमा नेपाल आर्ट काउन्सिल बबरमहलमा  प्रदर्शनी गरिएका फोटोहरुकोे काठमाडौं बाहिर भने विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी यसै वर्ष सम्पन्न गरिनेछ।

प्रतियोगितामा नेपाल पर्यटन बोर्डको सहकार्य, आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन रहेको छ । यस प्रतियोगितालाई आईएमएस, अर्घाखाची सिमेन्ट, शिखर इन्स्योरेन्स, डिसहोम र नेप्टोसले विधागत प्रायोजक गरेका छन् भने साहस स्पोर्टस , विपी कोइराला भारत–नेपाल प्रतिष्ठान, सिटी एक्सप्रेस, सियाट टायर, एडभेन्चर स्पोर्टस,  भाएनेट, राष्ट्रिय खेलकुद परिषदलगायतका संस्थाहरुले सहयोगीको भुमिका निर्वाह गरेकाछन्। 

प्रतियोगिताको मेडिकल पार्टनर स्टार हस्पिटल, हस्पिटालिटी पार्टनरमा क्लासिक मःमः, बज्र होटल रहेको छ भने  प्रतियोगिताको प्रचार सहकर्मीमा न्युज एजेन्सि नेपाल रहेको छ भने फोटो प्रिन्ट पार्टनरमा फोटो हलिउड रहेको छ ।

मिडिया पार्टनरमा कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट, नागरिक दैनिक, रिपब्लिका अंग्रजी दैनिक, शुक्रबार साप्ताहिक, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, राजधानी, नयाँ पत्रिका दैनिक, कारोबार राष्ट्रिय आर्थिक दैनिक, आर्थिक अभियान दैनिक, हिमालय टाईम्स, आर्थिक दैनिक,  पोखरा हटलाइन, पश्चिमटुडे, दैनिक नेपालगन्ज र क्यापिटल बिजनेस म्यागजिन छन्। यसैगरी टेलिभिजन पार्टनरमा कान्तिपुर टेलिभिजन, एपि वान टेलिभिजन, इमेज च्यानल, हिमालयन टेलिभिजन, एबिसी टेलिभिजन र जनता टेलिभिजन छन् ।

अनलाइन पार्टनरमा हाम्राकुरा डटकम, इकान्तिपुर डटकम, नागरिक न्युजडटकम, माइरिपब्लिका डटकम, अनलाइनखवर डटकम, अन्नपूर्णपोष्ट डटकम, ईनयापत्रिका डटकम, पहिलोपोष्ट डटकम, बाह्रखरी डटकम, माइसन्सार डटकम, नेपालखबर डटकम, नेपाललाइभ डटकम, देशसञ्चार डटकम, थाहाखबर डटकम, विजमान्डु डटकम, सदृश्य डटकम, क्लिकमान्डू डटकम, रातोपाटी डटकम, लोकान्तर डटकम, माइन्यूजनेपाल डटकम, क्यापिटलनेपाल डटकम, मेरोलगानी डटकम, कर्पोरेटनेपाल डटकम, छन्। उज्यालो नेटवर्क र सिटीजन एफएम रेडियो पार्टनर रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ