arrow

ज्ञान महायज्ञ शिबपुराणमा उपस्थित हुन आब्हान 

logo
प्रकाशित २०७५ साउन १७ बिहिबार
3x3_FinalAA_copy.jpg

काठमाडौँ । विश्व हिन्दू सिद्दकाली एकता नेपाल र लायन्स क्लब अफ नेपाल बुढानिलकण्ठको संयुक्त सहकार्यमा भीमसेनगोला पुरानो बानेश्वर भत्केको पुल नजिक बिहिबारदेखि ज्ञान महायज्ञ शिबपुराण सुरु भएको छ । राष्ट्र शान्ति र सदभाबले मानब समाजलाई सरल र सस्कारयुक्त बनाउन सहयोग गर्दछ भन्ने उदेश्य लिएर आचार्य सिताराम तिम्सिनाले प्रवचन दिने ज्ञान महायज्ञ शिबपुराण साउन २८ गतेसम्म आयोजना हुनेछ । 

सम्पूर्ण धर्म अनुरागी भक्तजनहरुमा गरिमामय उपस्थितिको लागि मूल आयोजक कमिटिका जनक नेपालले अपिलसमेत गरेका छन् । 

बैद्दिक सनातन धर्म सस्कृतिको संरक्षण प्रकृति र सम्पूर्ण जीव जिबात्माको शान्ति र कल्याणको कामना सहित विश्व हिन्दु सिद्दकाली एकता नेपालले राष्ट्रमा रहेका विभिन्न अंगहरुको संरक्षण र सम्बर्धनका क्षेत्रमा रहेर विभिन्न ठाउमा विभिन्न किसिमका धार्मिक शैक्षिक कार्यक्रम गर्दै आएको हुनाले त्यसै शिलशिलामा आत्मानिर्भर हुन नभई नहुने शैक्षिक अंग आजभोलि ठुलो बिकृति र विसंगतिको चपेटामा परिरहेको कुरा मुल्यांकन गर्दै विश्व हिन्दु सिद्दकाली एकता नेपालले असक्त असाहय, गरिब निमुखा र पिछडिएका बालबालिकाहरुलाई सरल एबम सुलभ ढंगले विभिन्न ठाउँमा गई शिक्षा प्रदान गर्दै गईरहेको हुँदा धेरै बालबालिकाहरु अझै पनि शिक्षाको ज्योति बाट बन्चित हुनु परेको अबस्थामा त्यस्ता बालबालिकाहरुलाई सरल र सहज तरिकाले शिक्षाको पहुच पुर्याउनका निमित्त  लायन्स क्लब अफ नेपाल बुढानिलकण्ठको संयुक्त सहकार्यमा ११ दिवसीय संगीतमय ज्ञान महायज्ञ शिबपुराण आयोजना गरेको मूल समारोह समितिका रुपेशमान शाक्यले जनाएका छन् । साथमा ज्योतिष पण्डित सोमप्रसाद नेपाल भोजपुरे शम्भु गुरुले प्रवचन समेत दिनेछन् । 

प्रवचनबिहान ११ बजे देखि दिउँसो २ बजेसम्म र बेलुकी ७ देखि राति ९ बजेसम्म हुने पनि जनाइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ