arrow

टेलिफोनमा जनताका गुनासा सुन्ने पालो अब उर्जामन्त्रीको 

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
barshaman-pun-news-pokhara.jpeg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले हरेक शुक्रबार मन्त्रालय र मातहतका निकायमा रहेका गुनासा सम्बोधन गर्न उपभोक्तासँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् ।  

मन्त्री पुनको सचिवालयका अनुसार विद्युत्सम्बन्धी जनताका गुनासा तथा समस्या सुनी त्यसको समाधान गर्ने उद्देश्यले पैसा नलाग्ने टेलिफोन नम्बर ११५१ र पैसा लाग्ने फोन नम्बर ०१–४२००६४१ र ४२ मा टेलिफोन संवाद गर्ने कार्यक्रम तय गरिएको छ । 

मन्त्रालय र मातहतका नेपाल विद्युत् प्राधिकरण र विद्युत विकास विभागलगायत निकायको सेवाबारे उपभोक्ताको गुनासो सुनेर उपभोक्तालाई दिने सेवा तथा सुविधालाई प्रभावकारी बनाउन लागिएको मन्त्रालयले जनाएको छ । 

उपभोक्ता तथा सेवाग्राहीसँग मन्त्री पुनले एक घण्टा प्रत्यक्ष कुराकानी गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ