arrow

शैक्षिक भ्रमणमा गएका ३ विद्यार्थी सोलुको गोक्यो तालमा बेपत्ता

logo
प्रकाशित २०७५ साउन १९ शनिबार
solu.JPG

सोलुखुम्बु । सोलुखुम्बुको गोक्यो हिमतालमा डुबेर ३ विद्यार्थी बेपत्ता भएका छन् । खुम्जुुङको–खुम्जुुङ माविबाट शुक्रबार शैक्षिक भ्रमणमा गएका कक्षा ९ मा अध्ययनरत तीन विद्यार्थी शनिबार बिहान गोक्यो हिमतालमा डुुबेर बेपत्ता भएको, सोलुखुम्बुका सीडीओ नरेन्द्र कुमार रानाले जानकारी दिए । 

शनिबार बिहान नुहाउने क्रममा, खुम्बु पासाङल्हामु गाउँपालिका ४ का १७ वर्षे पेम्बा दोर्जे शेर्पा, १६ वर्षका तेम्बा नुरु शेर्पा र सोही गाउँपालिका १ का, सुनिल बराईली बेपत्ता भएको सीडीओ रानाको भनाई छ ।

उनीहरुको खोजीका लागि सदरमुकामबाट एक जना प्रहरी र स्थानीय सहित हेलिकप्टर पठाइएको पनि रानाले जानकारी दिएका छन् । घटना भएको क्षेत्रमा मोबाइल टावरले काम नगरेकोले थप खबर आउन ढिलाई भएको र अर्को हेलि पठाउनका लागि मौसम प्रतिकूल बनेको पनि सीडीओ रानाले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ