पाल्पा । रिब्दीकोट गाउँपालिका ६, ठिमुरे ढुस्टुङ्मा जीप दुर्घटना भएको छ । विद्युतीय काम गर्न हिडेको जीप ठिमुरेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले पाल्पाले जनाएको छ ।
हाइलक्स जीपमा दुई जना सवार रहेको तर उनीहरूको अवस्थाको बारेमा थप जानकारी आएको छैन । गाडी सडकदेखि धेरै तल भीरमा खसेको छ । एकजना शिक्षक पनि सवार भएको बुझिएको छ ।