पाल्पा जीप दुर्घटनामा एकको शब प्राप्त, अर्का व्यक्तिलाई प्रहरीले भेटेन
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ साउन १९ शनिबार
261
Shares
पाल्पा । रिब्दीकोट गाउँपालिका ६ ठिमुरे ढुस्टुङ्गमा जीप दुर्घटना भएको छ । तानसेनबाट विद्युतका सामाग्री लिएर ठिमुरे तर्फ जाँदै गरेको बा १च ८९७० नम्वरको नीजि हाईलक्स टोयटा जीप ठिमुरे ढुस्टुङ्गमा दुर्घटना भएको हो ।
जीपमा सवार दुई जना मध्य एकको जीपले किचेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय मुझुङ्गले जनाएको छ। अर्का व्यक्ति भने फेला नपरेको पनि प्रहरीले जनाएको छ।
गाडीमा पाल्पा तानसेनका २५ बर्षिय विवेक पौडेल र डोल्पा घर भएका सोहि स्थानमा बस्ने ३६ बर्षिय टंक चलाउने थिए।
जीप सडकबाट ५० मिटर तल भीरमा अड्किएको अवस्थामा रहेको छ।
घटनास्थलमा पुगेको प्रहरीले उद्धारमा कठिनाइ भएका कारण विहान मात्र उद्धार गर्ने भन्दै फर्किएको छ।
नेटवर्कको समस्याका कारण विवरण आउन ढीलाई भएको थियो भने शुरुमा दुईजनाकै शब फेला परेको भनिए पनि पछि एकको मात्र शब फेला परेको जानकारी जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको छ।