लुम्बिनि विकास कोषमा मिसनरी एजेण्टपछि सदस्य सचिव नियुक्त, मान्यताविपरित भएको आरोप
प्रकाशित २०७५ साउन २१ सोमबार
635
Shares
काठमाडौं । सामाजिक संस्था हेल्प नेपालका अध्यक्ष सिंहराज ब्रजाचार्यले परम्परा मुल्य र मान्यताविपरित लुम्बिनि विकास कोषको सदस्य सचिव नियूक्ति गरेको भन्दै बिरोध जनाएका छन् ।
सोमबार रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलन गरेर सरकारले बुद्ध धर्म र मुल्य मान्यतालाई बेवास्ता गरि लुम्बिनि विकास कोषको सदस्य सचिवमा बहालवाला कर्मचारीलाई नियूक्ति गरेको भन्दै बज्राचार्यले आपत्ति जनाएका हुन् ।
उनले भने,‘लुम्विनि विकास कोषको सदस्य सचिव भनेको जागिर होईन, सेवक हो, बौद्ध धर्मको रक्षा गर्ने र त्यसको विकास गर्ने रणनीति तयार पार्न सक्ने व्यक्ति हुनुपर्छ, तर हाम्रो नेपालमा जुनसुकै विकास कोषहरुको सदस्य सचिव राजनीतिक कोटाबाट नियुक्ति हुने गर्छन्, काम गर्न सक्ने व्यक्तिलाई पठाईन्छ, तर सरकारले लुम्बिनि विकास कोषमा केही दिन अगाडि एउटा सरकारी कर्मचारीलाई पठाएको छ, उहाँ बौद्ध धर्मको मानिस पनि हुनुहुन्न ।’
लुम्बिनी विकास कोषमा धेरै समस्याहरु रहेको सुनाउँदै उने थपे,‘दिनमा ४ हजार भन्दा बढि भक्तालुहरुले अवलोकन गर्ने बुद्धको जन्मभूमि लुम्विनिमा राम्रो बाटो छैन्, फोहोर ब्यवस्थापन छैन्, खानेपानी छैन्, हल छैन्, प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो कार्यकालमा लुम्विनी विकास कोषको हातभित्र ५ हजार क्षमताको हल निर्माण गर्ने वचन दिनु भएको थियो तर उहाँ दोस्रो कार्यकालमा हुनुहुन्छ, त्यो आश्वासन पूरा भएको छैन् ।’
बौद्ध धर्मावालम्वीहरुले आफ्नो पूजापाठ गर्दा अत्यन्तै कष्ट व्यहोर्नु परेको बताउँदै ब्रजाचार्यले भने,‘महिनौंसम्म मनाईने लामा भीक्षुहरुका पूजाहरु निक्कै कष्टमा मनाईएको पाईन्छ, सरकारले त्यसमा कुनै भूमिका खलेको पाईदैन, लुम्विनी विकास कोषको बारेमा सरकार गम्भीर भएको लाग्नुपर्छ, विश्वका मानिसहरुको आगमन हुने बुद्ध भूमीको सफा हुनुपर्छ, विकसित हुनुपर्छ, नजिकका होटेलहरुको सेवा गुणस्तरिय हुनुपर्छ ।’
यसअघि सरकारले एक महिना अगाडि हटाइएका लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीलाई पुनः सोही पदमा नियुक्ति गरेको थियो ।
सरकारले एक महिना अगाडि खारेज गर्ने निर्णयमा त्रिपाठी पनि परेका थिए । त्रिपाठीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारहरूलाई पाखा लगाउँदै पुनः सोही उपाध्यक्ष पद हत्याउन सफल भए ।
प्रधानमन्त्री ओलीले कांग्रेस नेतृत्वको अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्तिहरूलाई खारेज गरिदिए पनि उपाध्यक्ष त्रिपाठीले अहिलेका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई ‘कन्भिन्स’ गरेर सोही पदमा एकमहिनाभित्र फर्किन सफल भएका थिए ।
त्रिपाठीले क्यानाडाकी महिला कोरोलिना सान्तसीसँग सम्पर्कमा छन् । क्रिश्चियन पृष्ठभूमि भएकी यी महिलालाई त्रिपाठीले ‘मम’ (आमा) भनेर सम्बोधन गर्छन् ।
सन् २००१ मा नेपाल प्रवेश गरेकी उनले क्रिश्चियन गतिविधिमै आफूलाई केन्द्रित गराएकी थिइन् । उनको मिशन भनेको बौद्ध र हिन्दूलाई क्रिश्चियन बनाएर चीनलाई प्रहार गर्नुरहेको स्रोतको भनाइ छ ।
यी महिलाले नेपालमा बसेर चीन विरोध गतिविधि गर्ने गरेको आरोप छ । क्यानडा निवासी यी महिलाले लुम्बिनीमा क्रिश्चियन गतिविधि समेत बढाउँदै गएकी छिन् ।
उनको यो अभियानलाई त्रिपाठीले साथ दिएको आरोप लुम्बिनी विकास कोषका एक कर्मचारीले बताए । ‘अवधेशकुमार त्रिपाठी र क्यानडाकी ती महिलाले लुम्बिनीमा क्रिश्चियन गतिविधिलाई बढाएका छन्’, स्रोतले भन्यो, ‘केही समय अगाडि पनि तिनै महिलाको आर्थिक सहयोगमा नेपालका मन्त्री र त्रिपाठीसहितको टोलीलाई क्यानडा घुमाइएको थियो ।’