arrow

नगर उपप्रमुख र वडाअध्यक्षको निजी सम्बन्धबारे खोजीविन गर्न ज्ञापनपत्र

logo
खेमराज दाहाल,
प्रकाशित २०७५ साउन २१ सोमबार
belwa.jpg

गाईघाट । उदयपुरको बेलका नगरपालिका नगर उपप्रमुख राकुमारी चौधरी र वडा नम्बर ४ का वडाध्यक्ष दिपक दंगाल नगर उपप्रमुख चौधरीको निवासमा आपत्तीजनक अबस्थामा फेला परेको भन्ने बिषयलाई सत्य तथ्य छानविन गरी सार्वजनिक गर्नका लागि नेपाली कांग्रेस वेलका छाया सरकार नेतृत्वमा नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।

श्रावण १८ गते विहान नगर उपप्रमुखको निवासमा उपप्रमुख चौधरी वडाध्यक्ष दंगाललाई आपत्तीजनक अबस्थामा फेला परेपछि नगर उपप्रमुख श्रीमान् शिवराम चौधरीले कुटपिट गरेको भन्ने घटना सार्वजनिक भएको थियो ।

उप प्रमुख निवासमा दुवैलाई आपत्तीजनक अबस्थामा देखेर श्रीमान शिवरामले कोठा भित्र प्रवेश गरि उपप्रमुखलाई कुटपिट गर्न थालेपछि प्रहरीले चौधरीलाई पक्राउ गरेर लगेका थियो ।

उक्त घटनाले सिंगो नगरपालिकालाईनै वदनामी गराउने काम भएको र त्यसको सत्य तथ्य खोजी गरी तत्काल सार्वजनिक गर्नका लागि नेपाली कांग्रेसका नेता असोक कार्की नेतृत्वको टोलीले नगरपालिकामा आईतबार ज्ञापनपत्र बुझाएको हो ।

कार्की नेतृत्वमा स्थानीय नागरिक समाज लगायत विभिन्न क्षेत्रको भेलाबाट तत्काल सत्य तथ्य सार्वजनिक गरी नगरबासीलाई जानकारी गराउनका लागि आग्रह गरिएको छ । नगरपालिका जस्तो जिम्मेबार स्थानीय तहमा रहेको जिम्मेबार व्यक्तिको बिषयमा सार्वजनिक रुपमा वदनामी र सार्वजनिक टिका टिप्पणी हुदा पनि नगरपालिका चुप लागेर बस्नु अनुचित भएको स्थानीय प्रेम अधिकारीले बताए ।

नगरपालिका जस्तो स्थानीय सरकारमा रहेका व्यक्तिहरुको बिषयमा यसरी सार्वजनकि रुपमा टिक्का टिप्पणी हुनु गलत भएको स्थानीयको तर्क रहेको छ । पदिय जिम्मेबारी भुलेर पद दुरुपयोग गर्दै नगरपालिकाको समेत आम रुपमा वदनामी भएको प्रति गम्भीर ध्यानकर्षण भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

नगर प्रमुख दुर्गाकुमार थापा कार्यक्रमको शिलसिलामा राजधानीमा भएका कारण निमित्त नगर प्रमुख भरत दर्लामीलाई ज्ञापन पत्र बुझाईएको रामपुरका स्थानीय वावुराम थापाले बताए ।

घटनाको बिषयमा सत्य तथ्य छानविन गरेर दोषी माथि कार्वाहि नगरे कडा रुपमा प्रस्तुत हुने नेपाली कांग्रेसका स्थानीय नेता असोक कार्कीले बताए ।

नगरपालिकामा रहेका उपप्रमुखको त्यस किसिमको गतिविधिको बिषयमा सामाजिक संजाल र बाहिर सार्वजनिक हुदा पनि चुप बस्नु पछाडिको रहस्यमय भएको स्थानीय वताउछन् ।

यदि नगर उपप्रमुख पिडित भए उनका श्रीमान्‌लाई किन कार्वाहिको दायरामा ल्याईएन, नगरपालिका संग जोडिएर यति धेरै सामाजिक टिक्का टिप्पणी हुदा सम्म पनि नगरपालिका चुप बस्नु नागरिकको लागि संकाको बिषय बनेको स्थानीयहरुको भनाई रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ