मौसम अझै बिग्रिएकै छ, यस्तो छ बिहिबारसम्मको सम्भावना
प्रकाशित २०७५ साउन २२ मंगलबार
407
Shares
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मौसममा अझै सुधार भइनसकेको जनाएको छ । महाशाखाका अनुसार देशभर हल्कादेखि मध्यम वर्षा भइरहने छ । मंगलबार पनि वर्षा भइरहने छ भने बुधबारदेखि केही सुधार हुनेछ ।
महाशाखाले साउन २२ गते (मंगलबार) दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको जनाएको छ। दिउँसो देशका थोरै स्थानमा भारी बर्षाको सम्भावना रहेको छ भने रातको समयमा मध्य र पूर्वका एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।
साउन २३ गते बुधबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको जनाएको छ। मंगलबार राति पूर्व तथा मध्यका एक वा दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साउन २४ गते बिहिबार दिउँसो र राति देशभर सामान्यतया बदली रही देशका केहि स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ।
के छ नदीनालाको स्थिति ?
यता, बाढी पूर्वानुमान शाखाले हाल देशको कुनै पनि नदीनालाहरुमा खतरातह भन्दा माथि बहाब नरहेको जनाएको छ ।
बुधबार बेलुकीसम्म खतरा तह पार गर्ने संभावना न्युन रहेको पनि शाखाले जनाएको छ ।
तर देशैभर हल्कादेखि मध्यम वर्षा र केही स्थानमा क्षणिक भारी वर्षाको संभावना भएकोले स–साना खोलानाला आसपास सतर्कता अपनाइराख्न शाखाले आग्रह गरेको छ ।