arrow

किन बोलायो कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक ?

logo
प्रकाशित २०७५ साउन २२ मंगलबार
congress-office.jpg.gif

काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो बस्ने भएको छ। बैठक दिउँसो ३ बजे डाकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। केन्द्रीय कार्यालय, वीपीनगर सानेपामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनले अहिले पछिल्लो समयमा भइरहेका प्रधानन्यायाधीशको नियुक्ति लगायतका विषय समेटिने पनि स्पष्ट पारे। 

प्रधानन्यायाधीशको प्रस्तावबाट दीपकराज जोशी अश्वीकृत हुनेदेखि लिएर काँग्रेस असन्तुष्ट बन्दै आएको छ। अब फेरि प्रधानन्यायाधीशका लागि गर्ने सिफारिस, काँग्रेसको रणनीति लगायतमा छलफल हुनेछ। 

त्यसैगरी अख्तियार दूरुपयोग अनुसन्धान आयोग प्रमुखको नियुक्ति, सरकारको संसदमा देखिएको रवैया, सभामुख–उपसभामुख एउटै पार्टीको हुनुहुन्न भन्नेबारेमा पनि वृहत छलफल हुने बुझिएको छ। शक्ति पृथकीकरणका विषयमा सरकार मिचाहा प्रवृत्तिमा लागेसंगै काँग्रेस गम्भीर देखिएको छ। 

सरकारको अधिनायकवादी चरित्र हावी हुँदै जाँदा काँग्रेसलाई आन्तरिक किचलोमा नलागी एक ढिक्का भएर अगाडि बढ्न समेत दवाव बढिरहँदा त्यो सन्देश दिनका लागि समेत बैठक प्रभावकारी हुने बुझिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ