arrow

चिसापानीबाट सोल्टा हिडेको जीप कर्णाली नदिमा खस्यो

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ साउन २२ मंगलबार
jeep-karnali.jpg

कैलाली। कैलालीको मोहन्यान्याल गाँउपालीका ७ बतासे डाँडामा मंगलबार बिहान जीप दुर्घटना भएको छ। चिसापानीबाट सोल्टा जान लागेको से १ ज ९२९ नम्बरको जीप बतासे डाँडामा दुर्घटना भई कर्णाली नदिको छेउमा खसेको हो।

 दृर्घटनामा मानविय क्षेति नभएपनी जीप पुर्णा रुपमा क्षेति भएको छ। जीपमा चालक बाहेक अरु कोहि यात्रु सवार थिएनन् । जिपका चालक देवीराम देबकोटाले हामफालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ। जीपमा कुनैपनि यात्रु सवार नभएका कारण मानवीय क्षेती नभएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी नीरीक्षक दिपेन्द्र के. सी. ले जानकारी दिए।

जीपको ब्रेक फेल भएर कारण दुर्घटना भएको चालक देवकोटाले प्रहरीलाई बताएका छन्। जीप सड्क बाट करिव २ सय ५० मिटर तल  कर्णाली नदिमा खसेको छ। चालक देवकोटा  ईलाका प्रहरी कार्यालय चिसापानिको नियन्त्रणमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ