arrow

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीको कुरा गर्न थाल्नु दुई तिहाइको दम्भ : महत

logo
रामचन्द्र वि.क.,
प्रकाशित २०७५ साउन २२ मंगलबार
ramsharan.JPG.jpeg

रामेछाप । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले केपी ओली नेतृत्वको सरकारले दुई तिहाइको दम्भ देखाउन थालेको आरोप लगाएका छन् । रामेछापमा डा. महतले संविधान जारी गर्दा सबै राजनीतिक दलले संसदयि व्यवस्थालाई स्वीकार गरेर संविधान जारी भएको स्मरण गर्दै  प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीको कुरा गर्न थाल्नु दुई तिहाइको दम्भ देखिन थालेको बताए ।  

पुर्व अर्थमन्त्री समेत रहेका नेता महतले सिहंदरबारको अधिकार जनताको घरघरमा पुर्‍याउने बेला प्रधानमन्त्री आफै धेरै विभाग आफू मातहात ल्याएर आफू शक्तीशाली बन्न खोजेको समेत आरोप लगाए । उनले भने “प्रधनमन्त्रीको काम भनेको नेतृत्व र निर्देशन दिने हो तर धेरै विभाग आफ्नो मातहातमा ल्याएर शुसासनलाई असर पर्ने पक्षमा आफै लाग्नुभएको छ ।”

उनले चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि हस्तक्षर भएका सम्झौतालाई नै निरन्तरता दिएको बताएका छन् । चीनसँग सम्झौता भएर काम सुरु भइसकेका कार्यक्रम तथा योजनाहरुमा पनि सम्झौता भएको भन्ने गलत प्रचर गर्नुले सरकार प्रतिको विश्वास घटेको उनको भनाई रहेको छ ।

आन्तरिक व्यवस्थापन नमिल्दा नेपाली कांग्रेसले गएको चुनाबमा पराजय बेहोर्नु परेकाले अबको पाँच वर्षमा पार्टी नसुध्रे फेरी यस्तै परिणाम आउने भएकाले पार्टीको सुधृढिकरणमा सबै लाग्नुपर्नेमा उनको जोड रहेको थियो । हारको दोष नेतृत्वलाई मात्रै नभइ सबै कार्यकर्ता तथा नेताहरुले समेत स्वकार्नु पर्ने उनको भनाइ रहेको थिायो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ