शौचालय गएको बेला सर्पले डस्यो, झारफूक गर्दागर्दै मृत्यु
प्रकाशित २०७५ साउन २२ मंगलबार
332
Shares
वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकी एक किशोरीको सर्पदंशबाट मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१० जामुकी १४ वर्षीया हरिकला उपाध्यायलाई सर्पले डस्दा मंगलबार बिहान मृत्यु भएको हो ।
जामुस्थित बाढीपीडितको शिविरमा पालमुनि बस्दै आएकी हरिकलालाई सर्पले डसेपछि झारफुक गर्दागर्दै मृत्यु भएको थियो । बिहान ५ बजेतिर उनलाई सर्पले डसेपछि उपचार गर्नुको सट्टा झारफुकमै बढी ध्यान दिँदा ८ बजे मृत्यु भएको पञ्चपुरी नगरपालिका–१० का वडा सदस्य नैनसिंह विकले जानकारी दिए ।
बाढीपीडित विस्थापित शिविरमा बस्दै आएकी हरिकलालाई बिहान शौचालय गएको बेला सर्पले डसेको थियो । उनी स्थानीय जनज्योति आधारभूत विद्यालय जामुमा कक्षा ८ मा अध्ययनरत थिइन् ।