काठमाडौं । प्रधानन्यायाधीश सिफारिसमा विवाद भएपछि संवैधानिक परिषद्को बैठक समेत स्थगित भएको छ । बुधबार बस्ने भनिएको बैठक स्थगित भएको हो । बैठक कहिले बस्ने भनेर समेत टुंगो भएको छैन ।
प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि बुधबार बैठक बस्ने भनिएको थियो ।
परिषद् सदस्य विपक्षी दलका नेता एवं काँग्रेस सभापति शेरबहादुर देउवा उपचारका लागि बुधबार सिंगापुर जाने भएकाले परिषद्को बैठक स्थगित गरिएको बताइएको छ।
यसअघि प्रधानन्यायधीशमा सिफारिस भएका दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएपछि बुधबार बस्ने बैठकले नयाँ प्रधानन्यायधीश सिफारिस गर्ने आशा गरिएको थियो ।