arrow

घण्टाकर्ण चतुर्दशीका दिन नेवार समुदायले गठेमंगल पर्व मनाउदै

logo
प्रकाशित २०७५ साउन २४ बिहिबार
parba.jpg

काठमाडौं । घण्टाकर्ण चतुर्दशीका दिन बिहिबार , नेवार समुदायले गठेमंगल पर्व मनाउदैछन । साउन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन बिशेषगरी  काठमाण्डौं उपत्यकाका नेवार समुदायले यो पर्व मनाउछन  ।

तिथी अनुसार बिहान त्रयोदशी परेपनी राति ८ बजेपछि चर्तुदशी तिथी सुरु  हुने भएकाले आजै यो पर्व मनाइने नेपाल पन्चांग निर्णायक समितिले जनाएको छ । चर्तुदशी तिथी भोली साझ ६ बजे नै सकिने भएकाले  पनि यो पर्वका बिधिहरु भोली मनाउन नहुने हो । चर्तुदशी तिथीमा पर्ने जन्मदिन,श्राद्ध लगायतका कर्म भने भोली नै गर्नुपर्ने ज्योतिषहरुले जनाएका छन् ।

नेवार समुदायका बिभिन्न चाडमध्ये यस पर्वलाई पहिलो र छोराको चाडका रुपमा मनाउने गर्छन । यो पर्वमा गर्नुपर्ने अधिकांश बिधि पुरुषहरुले गर्ने भएकाले पनि छोराको चाड भन्ने गरीएको हो ।  भुतप्रेत पन्छाउनका लागि नर्कटलाई छवाली, सिस्नो , नांगलो, कर्कलो लगायतका सामग्रीले सजाएर दोबाटो वा चौबाटोमा लगेर राख्ने गरीन्छ ।

घरभित्र र बाहिरका फोहोरलाई सरसफाई गरी यसलाई व्यवस्थित रुपमा बिसर्जन गरी भुत प्रेत पन्छाउने नाम दिएपनि यो पर्व सरसफाईको प्रतिकका रुपमा मनाउने बिशिष्ट पर्व भएको संस्कृतिबिदहरुको भनाई छ ।

रोपाई अबधिभर सरसफाईलाई ध्यानदिन नपाउने र यसबेला बिभिन्न किरा फठयांग्राले दुःख दिने भएकाले यसलाई पन्छाउन भुतप्रेतको संज्ञा दिई फोहोर सरसफाई गरी यो पर्व मनाइने गरेको हो ।

गठेमङ्गल’ पर्वका दिन एक जना व्यक्तिलाई घण्टाकर्ण नाम गरेको राक्षसको सन्तानको प्रतीकका रुपमा नियुक्त गरी उसको काजक्रिया गर्ने भन्दै पैसा माग्न लगाइन्छ । त्यस दिन राति रा“को बालेर भूत भगाउने चलन छ । बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ । घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन छ ।

भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, सम्यबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ ।
कतै कतै मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रुपमा विभिन्न रंगले रंगाएर पनि राख्ने चलन छ ।

वैशाख महिनामा पर्ने अक्षय तृतियाका दिन मानिसले गर्न नसक्ने काम वा रोपाइँको कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले भूत, प्रेत, पिशाच आदिलाई तन्त्रोक्त विधिले आह्वान गरिन्छ र ’गठेमङ्गल’ पर्वका दिन तिनै भूत, प्रेत र पिशाचादिलाई तन्त्रोक्त विधिले विदा गर्ने गरिन्छ ।

यस दिन भूतप्रेतको पूजा गरी दोबाटोमा समुदायका सबैले पूजा गर्न सक्ने गरी पूजास्थल बनाएर राख्ने गरिन्छ । मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको सम्झनामा राक्षसको प्रतिमा बनाई जलाउने र सेलाउन चलन छ ।  मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको सम्झनामा राक्षसको प्रतिमा बनाई जलाउने र सेलाउन चलन छ ।

पौराणिक कथन अनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रुप लिएर धाप भएतिर बाटो देखाईदिंदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रुपमा नर्कटको प्रतिमा बनाईन्छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ