सहकारीका कर्मचारीलाई मुकुण्डो लगाएका दुई जनाले हाने छुरा
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ साउन २४ बिहिबार
249
Shares
कैलाली । कैलालीको चुरे गाँउपालिका ४ बालुवागडामा सहकारीका कर्मचारी माथि छुरा प्रहार भएको छ । किसान बहुउद्देश्य सहकारी संस्था चौमालामा कार्यरत लम्की चुहा नगरपालिका ५ का पुष्कर न्यौपानेलाई मुकुण्डो लगाएका अज्ञात दुई जनाले छुरा प्रहार गरेको चौमला प्रहरीले बताएको छ ।
बालुवागडा बाट सहकारीको रकम संकलनको काम सकेर फर्कदै गरेका न्यौपानेलाई बालुवागडा नजिकै बाटोमा आक्रमण भएको हो । दिउसो पौने १२ बजे घटना भएकोमा प्रहरीमा ढिलो गरी खबर आयको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि ओलीका अनुसार घाईते न्योपानेको दाया हात र पेटमा चोट लागेको छ ।
मोटरसाईकलमा रहेका न्योपानेलाई रोकेर आक्रमण भएपछि उनीहरु भागेका थिए । घाईतेको धनगढीको सिपि अस्पतालमा उपचार भईरहेको छ । छुरा प्रहार गर्ने दुई जनाको प्रहरीले खोजी गरीरहेको छ ।