कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका २ मोतिपुरमा गोठमा बाधेको गौ करणीको प्रयास गरीरहेका अवस्थामा एकजनालाई रंगेहात समातेर प्रहरीलाई बुझाएका छन ।
लगातार करीब ६-७ महिना देखि गोठमा गाई असहज भएको, गोठको बस्तुस्थितिमा शंका लागेपछि लम्कीचुहा नगरपालिका वडा नम्बर २ का गाईमालिक पदम बहादुर बुढा सत्य कुरा पत्तालगाउन गएराति गोठमा लुकेर बसेका थिए ।
राति करीब २ बजेको समयमा एक गोठ भित्र पसेर गाइका खुट्टा बाधि करणीको लागि तयार गदै गरेको मौकामा कालिया जानकी गाउपालिका घरभएका अन्दाजि २५-३० बर्षिय विकास चौधरीलाई गाईमालिक पदम बुढाले समातेर सामान्य कुटपिट समेत गरेका थिए ।
बुढाले आफ्नो नियन्त्रणमा लिएका विकास चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कीलाई बुझाएको बताएका छन ।
आरोपित विकास चौधरी मोतिपुरको एक स्थानियको ट्याक्टर चालकको रुपमा काम गदै आएका थिए । प्रहरीको नियन्त्रणमा रहेका कालियालाई बिहिबारै सदरमुकाम पठाइएको छ ।
गाई मालिक पदम बहादुर बुढाले भने करीब ६-७ महिनादेखि आफ्नो गाई करणी हुदै आएको आरोप लगाएका छन । उनले हदै सम्मको कारबाहिका लागि ईलाका प्रहरीमा मुद्धा दर्ता समेत गरेको बताएका छन ।
यता इलाका प्रहरी कार्यालय लम्कीले भने गाई करणी भएको ठोस आधार नभएको गाईलाइ बन्धक मात्र बनाएकोले थप अनुसंधान सहित कारबाहिको लागि जिल्ला प्रहरी कार्यालय चलान गरेको बताएको छ ।