arrow

थिमिमा यो वर्ष बालकराम श्रेष्ठले जिब्रो छेड्ने

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
balakram.JPG

भक्तपुर । थिमिको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष मध्यपुरथिमी चोडेका बालकराम श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । 

मेय प्वा खनेगु जात्रा व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले लोप हुन लागेको जात्रा र परम्परालाई जीवित राख्न आफूले यस वर्ष जिब्रो छेड्न लागेको बताए ।

स्थानीय युवाको पहलमा गत वर्ष बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर रोकिएको जात्रालाई पुनःसञ्चालनमा ल्याएपछि यस वर्ष पनि जात्रालाई निरन्तरता दिन बालकराम तयार भएका हुन् ।
श्रेष्ठले आफना काका कृष्ण नानिचा श्रेष्ठले तीन पटकसम्म जिब्रो छेडेकाले आफु पनि जात्रा निरन्तरताका लागि जिब्रो छेड्न तयार भएको बताए । 

२५ वर्षअघिदेखि बन्द भएर लोप भएको यो जात्रा कृष्ण नानीचा श्रेष्ठले २०५२ मा जिब्रो छेडेर सञ्चालनमा ल्याएर आफैँले विसं ०५७ र ०६३ मा गरी १० वर्षमा तीनपल्ट जिब्रो छेडाएका थिए। वीरेन्द्रभक्तले यस वर्ष आफ्ना पिताको आशोच बारेकाले जिब्रो छेड्न हुदैन । जिब्रो छेडाउने व्यक्ति मध्यपुरथिमिको श्रेष्ठ थरकै हुनुपर्ने प्रचलन छ। 

भाद्र शुक्लपक्ष पूर्णिमाको साँझ जिब्रो छेडाएर सञ्चालन हुने जात्राका लागि आवश्यक पर्ने सियो बनाउन सियो बनाउनेकर्मी रामभक्त नकर्मीलाई पूजा लगेर भोज खुवाएपछि सियो निर्माण सुरु भएको छ । 

सियो निर्माण सकिएपछि करिब ४५ दिन फलामको १० इञ्च लामो सियोले जिब्रो छेडाउने प्रचलन छ । 
आर्थिक अभावका कारण थिमीको जिब्रो छेड्ने जात्रा अब लोप हुन नदिने समितिका सदस्य रुपेश सुवा श्रेष्ठले जानकारी दिए । 

स्थानीयबाट संकलित रकमबाट जात्रा सञ्चालन गर्नका लागि गएको वर्ष नै स्थानीयले समिति बनाएका हुन् । 
स्थानीयले बताएको किंवदन्तीअनुसार प्राचीनकालमा भूत–प्रेत, पिशाच, ख्याक तथा कंकाल (बउचा)ले थिमिका मानिसलाई धेरै दुःख दिए । यिनीहरुलाई तान्त्रिक विधिबाट पक्रेर जिब्रो छेडी नगर परिक्रममा गरेपछि दुःख दिन छोडेको थियो ।

गएको वर्ष मध्यपुरथिमि नगरपालिकाले  एक लाख विनियोजन गरेको र यस वर्ष पनि दिने भए पनि नपुग रकम चन्दा दाता र  स्थानीय तहबाट संकलन गरिने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ