arrow

सांघुबाट चिप्लीदा पाँच बर्षिय बालकको मृत्यु

logo
दयाराम पण्डित,
प्रकाशित २०७५ साउन २८ सोमबार
bajura-district.png

बाजुरा ।   बाजुराको बुढीनन्दा नगरपालिकाको चाटावगर खोलामा बगेर   आईतवार सांझ पाँच बर्षिय  एक बालकको मृत्यु भएको छ । बगेर मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका वडा नं पाँचका हेमवहादुर मल्लका  पांच वर्षे छोरा विपीन मल्ल हुन् ।

चाइल्ड डिप्लभमेन्ट स्कुल चाटावगर स्कुलबाट घर जाने क्रममा चाटावगर काठेसाँगुबाट चिप्लिएर खोलामा परेका विपीन मृत अवस्थामा फेला परेका आफन्त नृपबहादुर मल्लले जानकारी दिनुभएको छ ।  मृतक वालक विपिन चाटावगर स्थित चाइल्ड डिप्लभमेन्ट स्कुलमा कक्षा नर्सरीमा अध्ययनर थिए ।

उक्त खोलाबाट बगेका विपीनलाई मृत अवस्थामा दानसाँगु खोलामा फेलापारे पछि गए सांझ नै उनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा लिइएको छ ।  स्थानिय अभिभावक धुव्रबहादुर मल्लले विद्यालयको लापरवाहिका कारण उक्त बालको ज्यान गएको  आरोप लगाउनुभएको छ ।  विद्यालय छुट्टी पछि शिक्षकले काठेपुल तराएरमात्र  विद्यार्थीलाई घर पठाउनु   पर्नेमा विद्यार्थीको वास्ता  नगरेको अभिभावकको आरोप छ।

बर्षामौसममा मात्र आउने उक्त खोलामा कामचलाउ काठेसांघु छ । वर्षामौसमलाई ख्यालगरी पक्की  पुलको ब्यबस्था गरेको भए ति वालकले अकालमा ज्यान गुमाउनु पर्दैन थियो कि ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ