arrow

सर्वोच्चले भन्यो - प्रकाण्डलाई ४८ घण्टाभित्र उपस्थित गराउ

logo
प्रकाशित २०७५ साउन २८ सोमबार
khadga-bahadur-bishwokarma-prakanda-nekapa.jpg

काठमाडौँ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द 'विप्लव' निकट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई 'प्रकाण्ड' ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
 
कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले गृहमन्त्री, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको अदालतका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी गराए ।

आइतबार विश्वकर्माका तर्फबाट नगेन्द्रबहादुर सिंह विश्कर्माले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।

 निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्द गौतम, शेरबहादुर केसी, विश्वप्रकाश भण्डारी, एकराज भण्डारी, हरि फुयाँललगायत १३ जनाले बहस गरेका थिए ।

 सरकारले चन्दा उठाएको आरोपमा विश्वकर्मालाई पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ